समुदायमा कोरना संक्रमण वृद्धि भएपछि बाँकेमा प्रशासनले ग-यो ३ दिन निशेधाज्ञा जारी

कुलेन्द्र विश्वकर्मा
समुदायस्तरमै कोरोनाको उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले ३ दिनका लागि निशेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । 
लकडाउन खुकुलो भएसंगै  बाँकेमा कोरोना संक्रमित बढ्न थालेको हो ।
 भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणमा आन्तरिक राजश्व कार्यालयका ११ जना कर्मचारीमा कोरोना देखिएको हो । दिन प्रतिदिन कोरोनाको संक्रमण संख्या समुदायमा देखा पर्न लागेपछि आईतबारदेखि निशेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले बताउनु भयो ।
 प्रजिअ कुरुमवाङले निशेधाज्ञा उल्लघन गर्नेहरुलाई पक्राउ गरी कानुनी कारवाही गर्ने बताउदै  बाँकेमा कोरोना समुदाय स्तरमा प्रबेश गरेकोले पहिलोपटक तीन दिनका लागि निशेधाज्ञा गरेको बताउनुभयो । 
समुदायमा कोरनामाको संक्रमण देखा पर्न लागेपछि यसको नियन्त्रणमा सम्पूण निशेधाज्ञाको पालना गर्न आग्रह समेत गनुभयो ।  स्रोतका अनुसार निशेधाज्ञा अवधी भरी सम्पूर्ण कार्यालयहरु बन्द रहने छन् भने स्वास्थ्य संस्थाहरु खुल्ला रहने बताइएको छ ।
राजश्व कार्यालय नेपालगन्जमा विहीबारसम्म ११ जना, यातायात कार्यालय देखिएपछि प्रशासनले निशेधाज्ञा लगाउने निर्णय गरेको हो । 

अन्य समाचारहरु