कमल जि सी मुस्कान”
साउदी अरब । विभित कारणले विगत एक वर्षदेखि सेवा सुविधा ठप्प रहेको एम्बुलेन्स अब केही दिनभित्र संचालनमा आउने भएको छ।
केही वर्ष अगाडि नगाँ गाउँ बासी र आसपासका बासिन्दालाई सेवा सुविधा दिने योजना बनाएर नयाँ गाउँ एम्बुलेन्स सेवा ट्रस्ट ,काठमाडौ, नेपाल/ले अभियान अघि सारेको थियो र यो एम्बुलेन्स खरिदमा थुप्रै नयाँ गाउँ बासिले र अन्य ठाउँका सहयोगी मनहरुले सहयोग गरेका थिए सहयोग धेरैको परेतापनी अभियान भने नयाँ गाउँ एम्बुलेन्स सेवा ट्रस्ट ,काठमाडौ, नेपाल/ले अघि सारेको थियो र ट्रस्टले नै सो एम्बुलेन्स नयाँ गाउँमा ल्याएर हस्तान्तरण गरेको थियो ।
नयाँगाउँ बासी र आसपासका बासिन्दाले पाइरहेको एम्बुलेन्सको सेवा सुविधा विगत एक वर्षदेखि ठप्प भएपछि धेरैले यश विषयमा कुरा उठाइरहनु भएको थियो भने गुडिरहेको एम्बुलेन्स बिग्रेपछी (नयाँ गाउँ एम्बुलेन्स सेवा समितिले) मर्मतको लागि खासै पहल नगरेको देखिन्छ यदी एम्बुलेन्स बिग्रेपछि तत्कालै मर्मतको लागि पहल गरिएको भए एक वर्षसम्म सेवा सुविधा ठप्प हुने थिएन।
एक वर्षसम्म एम्बुलेन्सको सेवा सुविधा ठप्प भएपछि र पछिल्लो समयमा संसारलाई कष्टकर जीवनमा पुर्याएको कोरोना भाइरस बड्दो क्रममा रहदा र यस्तो समयमा बिरामी हुनेहरुले आफ्नै गाउँमा रहेको एम्बुलेन्सको सेवा सुविधा नपाउदा गाउँघरमा साथै सामाजिक संजालमा यसको बारेमा निकै चर्चा भैरहेको खबर बहिरिएपछी नयाँ गाउँ एम्बुलेन्स सेवा ट्रस्ट ,काठमाडौ, नेपाल”का श्री भरत मल्ल ज्यु साथै नारायण मल्ल ज्युको विषेश पहलमा मर्मतको लागि एम्बुलेन्स बुटवल पठाएर उहाका ज्वाइँ र वीर बहादुर जि सीलाई मर्मतका लागी जिम्मा दिनुभएको थियो।
एम्बुलेन्स बुटवल ल्याइसकेपछी मर्मत कार्य तीब्र रुपमा अघि बडाइएको वीर बहादुर जि सीले जानकारी दिनुभएको थियो । भने अहिले एम्बुलेन्सको मर्मत भैसकेको र एम्बुलेन्स पहिलाको जस्तो बनेको छ र अब भने नयाँ गाउँ एम्बुलेन्स सेवा ट्रस्ट ,काठमाडौ , नेपाल द्वारा संचालित एम्बुलेन्स पहिलाको समितिले संचालन नगर्ने भएको छ अब यो एम्बुलेन्स (नयाँ गाउँ हेल्थ पोस्ट/ले संचालन गरेर अबको केही दिनमै एम्बुलेन्सको सेवा सुविधा सुचारु गर्ने भएको छ ।