रुपन्देहीमा माछालाई दाना हाल्ने क्रममा माछापोखरीमा डुबेर एकजनाको मृत्यु

माछालाई दाना हाल्ने क्रममा माछापोखरीमा डुबेर रुपन्देहीमा सोमबार एकजनाको ज्यान गएको छ । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार  तिलोत्तमा नगरपालिका– ६ पूर्व पौनीका रामबहादुर चौधरीको माछापोखरीमा डुबेर मृत्यु भएको हो । 
उनी पोखरीमा डुबेको थाहा पाएर श्रीमती र छोराले स्थानीयलाई खबर गरेका थिए । स्थानीयले माछापोखरीबाट चौधरीलाई निकालेर उपचारको लागि क्रिमसन अस्पताल लगेका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
यस्तै, रुपन्देहीकै तिलोत्तमा नगरपालिका–५ मणिग्राममा एक बालक खेल्ने क्रममा कुलोमा खस्दा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार   पर्वत स्थायी घर भएका किसान परियारका चार वर्षीय छोरा आरएन परियार खेल्ने क्रममा कुलोमा एक्कासि खसेका थिए । 
कुलोमा बालक बगिरहेकोको स्थानीयले देखेर उद्धार गरेर अस्पताल पुऱ्याएका थिए । उनको उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको प्रहरीले जनाएको छ । नयाँ पत्रीकाबाट  

अन्य समाचारहरु