घुस दिने सुर्ती व्यापारी र २ लाख घुस लिने राजस्व अनुसन्धान बुटवलका प्रमुख पक्राउ

बुटवल-राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय राना घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले रानालाई राजस्वको कार्यालय बुटवल १३ बुद्धचोकबाट २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार बुटवल कार्यालयका प्रमुख डा भीष्मकुमार भुसालले जानकारी दिए।
सुर्ती व्यवसायी अनिलकुमार झासँग २ लाख रुपैयाँ घुस लिँदैगर्दा दुवै जनालाई अख्तियारको टोलीले पक्राउ गरेको हो। उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए।
राजस्व मिलाइदिने भन्दै उनले मासिक रुपमा घुस लिने गरेको सूचनाका आधारमा पक्राउ गरेको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए।
‘उनीहरुबीच मासिक रुपमै सुर्ती पास गराइदिने भनेर घुस लिनेदिने गरेको भन्ने खुल्न आएको छ-उनले भने-यसबारे अनुसन्धान भैरहेको छ।’
राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन सम्बन्धी कसुरमा अनुसन्धान, तहकिकात र अभियोजन गर्ने कामको जिम्मेवारी पाएको बुटवल कार्यालयका प्रमुख नै घुससहित पक्राउ परेको पहिलोपटक हो। देशसन्चारमा समाचार छ । 

अन्य समाचारहरु