दाङ । घोराही उपमहानगरपालिकाको विभिन्न वडाका युवाहरू राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । अखिल नेपाल युवक सङ्घ घोराही उपमहानगरपालिकाले २०७७ साउन २२ गते एक कार्यक्रमको आयोजना गरी युवाहरूलाई राजमोमा प्रवेश गराएको हो ।
नगर अध्यक्ष डोरबहादुर केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले रातो अबिर लगाई युवाहरूलाई प्रवेश गराउनुभएको थियोे । प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष आचार्यले युवाहरूको काँधमा समाज रूपान्तरण गर्ने जिम्मेवारी भएकाले सधैँ पार्टीहरूको भोट बैङ्क र सत्ताप्राप्तिको भर्याङ होइन, आफै सचेत र जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।
राजमोमा प्रवेश गर्नेहरूमा सुमन घर्तीको नेतृत्वमा गोविन्द जिसी, विशाल गाहा, अरुण गुरुङ, प्रदीप घर्ती, सबिन खनाल, तिलक घर्ती, कुसल केसी, अर्जुन खत्री, रक्तबीज घर्ती, चित्रसिंह पुन, माधब घर्ती, दिलकुमार दसौँदी, जीवन विष्ट, अर्जुन थापा, टोपेन्द्र आग्रीलगायत रहनुभएको छ ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का जिल्ला सचिव तुल्सिराम पन्थीले पनि मन्तव्य राख्नुभएको थियोे । यस्तै, अखिल नेपाल युवक सङ्घका जिल्ला सदस्य दिपक रोका, घोराही नगर कोषाध्यक्ष दिपक केसीलगायतको उपस्थित रहेको थियोे भने कार्यक्रमको सहजीकरण जिल्ला कोषाध्यक्ष श्रीराम भट्टराईले गर्नुभएको थियो ।