परासीबाट भैरहवातर्फ आउँदै गरेको कार कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

भैरहवा परासी सडकखण्डमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
परासीबाट भैरहवातर्फ आउँदै गरेको कार अनियन्त्रित भई पल्टिदा तीन जनाको मृत्यु भएको हो । मृतक ३ जनामध्ये १ जनाको मात्रै सनाखत भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुने ३ जना मध्ये १ जनाको मात्र पहिचान खुलेको छ।
दुर्घटनामा परि रुपन्देही ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीको मृत्यु  भएको  हो। चौधरी कारका चालक हुन्।
घाइते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय अनिल यादव रहेको प्रहरीले जनाएको छ।
लु२च ६७५६ नं. को कार कार दुर्घटनामा परेको हो । कारमा सवार चार जना घाइतेहरूलाई उपचारको लागि भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार दुर्घटनामा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय अनिल यादव घाइते भएका छन । विभिन्न अन्लाईनबाट साभार गरिएको हो । 

अन्य समाचारहरु