कुलेन्द्र बिक
बाँके – बाँकेमा कोरोना संक्रमण समुदायस्तरमा फैलिदै गएपछि नेपालगन्जका विभिन्न चोकहरुमा सेना परिचालन गरी सिल गर्ने बाध्य भएको छ ।
सुर्खेतरोड बाहिर पारेर सिल गरिएको क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी परिचालन गरिएको हो । पुष्पलाल चोकदेखी गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाँउ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखी बसपार्क हुँदै पुष्पलाल चोकसम्मको क्षेत्रमा सिल गरिएको छ ।
पछिलो समयमा बाँके जिल्लामा कोरानाको संक्रमण गतीले तिव्र गतीमा देखा परेपछी उक्त स्थानमा सिल गर्न बाध्य भएका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले बताउनु भयो ।
समुदायस्तरमा कोरोना संक्रमण फैलिने क्रम नरोकीएकोले नेपाली सेनाको अगुवाईमा सवै सुरक्षा संयन्त्र परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले बताउनु भयो ।
कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लाले नेपालगन्जका बिभिन्न ठाउँ सिल गरेको हो क्रममा सर्बसाधारणलाई हिडडुलमा समेत प्रतिबन्ध लगाइएको छ । त्यस क्रममा घरभित्र रहेका नागरिकलाई कुनै समस्या परेमा तत्काल प्रहरी प्रशासनलाई सम्पर्क गर्न व्यवस्था गरिएको छ ।