कुलेन्द्र बिक
बाँके – बाँके जिल्लामा पछिलो समयमा समुदायमा कोरानाको संक्रमण देखा पर्न लागेपछि नियन्त्रणमा हम्य हम्य भएको छ ।
बिगत केही दिन देखि नेपालगंजलाई पुर्णरुपमा सिल गरेपनि संक्रमणको संख्यामा कमि आउन सकेको छैन् । खुल्ला सिमाना र भरतसंग रोटी बेटिको संम्वन्ध भएको कारणले भारतबाट लुकि,छिपि बिभिन्न बाटो हुदै बाँके जिल्ला प्रवेश गरेको पाईन्छ । जसले गर्दा बाँके अहिले उच्च जोखिमा परेको छ ।
पछिल्लो २४ घण्टामा जाँच गरिएको ४ सय ८० नमुनामा ५९ जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । नेपालगन्ज मेडिकल कलेजबाट संकलित नमुनामा ५ जना, भेरी अस्पतालमा संकलन गरिएको नमुनामा २१ जना र राप्तीसोनारीका १ जनामा कोरोना पुष्टि भएको छ । भेरीबाट संकलित स्वाबमा पोजिटिभ देखिएका अधिकांश कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।
बाँके जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ५७ पुगेको छ । ४ सय ५ जना कोरोना निको भएर घर जाँदा ३ जनाको मृत्यु भएको छ ।
बाँकेको सिल गरिएको क्षेत्रमा सिल हटाउने भएतापनि निषेधज्ञा साउन ३० गते संम्म जारि रहने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताउनु भयो ।