पाल्पाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयद्धारा आर्थिक बर्ष ९० % प्रगति हासिल

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाले आर्थिक बर्ष २०७६/२०७७ मा लक्ष्य अनुसार ९० प्रतिशत प्रगति हासिल गर्न सफल भएको डिभिजन प्रमुख सिव कुमार  श्रेष्ठले जानकारी दिनु भयो । 
खानेपानी डिभिजन कार्यकार्यालयलय पाल्पा र साईट कार्यालय अर्घाखाँची गरि ९० प्रतिशत प्रगति हासिल गर्न डिभिजन कार्यालय पाल्पा सफल भएको हो । पाल्पा डिभिजन कार्यालयको मातहतमा दुई जिल्लामा गरि प्रदेस र सघिय सरकारले लगाणी गरेका १६५ योजनाहरु रहेका थिए जसमा आर्थिक बर्ष २०७६/२०७७ अषाढ मसान्तसम्म २३ वटा खानेपानी आयोजनाहरु पुर्ण रुपमा सम्पन्न भएका छन् । भने अन्य योजनाहरुमा काम निरन्तरता दिएको छ । 
आर्थिक बर्ष २०७७/२०७८ मा भने २५० योजनामा काम हुने गरि प्रक्रिया गगाडि बढाईएको डिभिजन प्रमुख श्रेष्ठले जानकारी दिनु भयो । डिभिजन प्रमुख सिव कुमार श्रेष्ठ पहिला अर्घाखाँची जिल्लामा डिभिजन प्रमुख रहेर गुणस्तरीय काम गराउन सफल भएका सिनियर डिभिजन ईन्जिनियर हुन श्रेष्ठको कार्यकालमा डिभिजन कार्यालय पाल्पा रहेपनि अर्घाखाँचीबासीले सहज ढङगले अर्घाखाँचीबाट सेवा लिईरहेका छन् । 
योजनाहरुको सम्झौता मुल्यांकन अनुगमन अर्घाखाँची बाट नै हुने गर्छ र अर्घाखाँचीका योजनाको भुक्तानी पाल्पाबाट चेक काटिएको भएपनि अर्घाखाँचीसम्म ल्याउने लैजाने मिलाएको कारण अर्घाखाँचीबासीले झन्जट नपर्ने गरि काम भईरहेको छ । 
खानेपानी डिभिजन पाल्पा अन्तरगत अर्घाखाँचीमा सबैभन्दा बढि योजनाहरु छन् । जुन योजना क्रमागत रुपमा अगाडि बढि रहेका छन् थोरै जनशक्तिका बिचमा पनि धेरै प्रगति हासिल गर्ने कार्यालयको रुपमा पाल्पा डिभिजन पर्दछ अर्घाखाँची जिल्लामा रहेको साईट कार्यालयमा पनि दुईजना मात्रै ईन्जिनियर छन जुन ईन्जिनियर सहितका प्राबिधिक रातदिन फिल्ड अपिसमा खटेर काम गरेपछि ९० प्रतिसत प्रगति हासिल भएको साईट कार्यलय अर्घाखाँचीका प्रमुख राम भरोस याबले बताउनु भयो । 
बिश्वब्यापी फैलिएको कोरोना रोगका कारण बिकासमा जतासुकै प्रभाब परेको थियोे तर पाल्पा डिभिजनले सरकारले दिएको बजेट पुरा गरि थप बजेट सरकारसँग मागेर काम गरेको हो  । 
खानेपानीका काम अधिकाम्स  उपभोक्ता समिति मार्फत गरिन्छ उपभोक्ताले दैनिक प्रयोग गर्ने पानी रेखदेख पनि उपभोक्ताले गरेपछि काम गुणस्तरीय हुने गर्दछ अर्घाखाँचीमा पनि ठुला ठुला योजनाहरु चालु अबस्थामा छन खानेपानी कार्यालयले गरेको काम प्रति कसैले गुनासो गर्ने गरेका छैन् । 
दुबै जिल्लाका राजनीतिक दलका नेताहरु जनप्रतिनिधिहरु सरोकारवालाहरुले खानेपानी डिभिजनले गरेको कामको प्रसम्सा गर्ने गर्छन । डिभिजन प्रमुख शिव कुमार  श्रेष्ठ, अर्घाखाँची जिल्लामा पनि प्रत्यक हप्ता फिल्ड भिजिटमा आउने गर्छन र जन्ताका गुनासा सुन्ने र समधान गर्ने गर्छन अत्यान्तै सालिन भद्र स्वभावकका कार्यालय प्रमुख श्रेष्ठ स्वछ्व छबिका सबैले मन पराएका कार्यालय प्रमुख हुन् । 
कर्मचारीलाई निकै ब्यबस्थापन गर्न सक्ने प्रमुख श्रेष्ठको कर्मचारीहरुले पनि निकै प्रसम्सा गर्छन यस आथिक बर्षमा पनि अब उपभोक्ता समितिका कामहरु सम्झौता गर्ने पाईप खरिद टेन्डर प्रक्रिया अगाडि बढाउने गरि काम सुरु गर्न लागिएको डिभिजन प्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।

अन्य समाचारहरु