बुटवलमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

विष्णु घिमिरे नयाँ पत्रीका
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको शनिबार मृत्यु भएको छ ।
प्रादेशिक अस्पतालका सुचना अधिकारी डाक्टर विष्णु गौतमका अनुसार २९ साउनमा उपचारका लागि भर्ना भएका कपिलवस्तुका ४० वर्षीय पुरुषको मृत्यु भएको हो । 
कपिलवस्तुको मायादेवी गाउपालिका वडा नंं. ७  का उनी ज्वरो, खोकी र स्वासप्रश्वासको समस्या भएपछि अस्पतालमा आएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । 
यसअघि बुटवलमा गत बुधवार कपिवस्तुका दुई जनाको मृत्यु भएको थियो । ती दुई जना मध्ये एक जनाको कोरोना पोजेटिभ र अर्का व्यक्तिको नेगेटिभ रिपोर्ट आएको थियो ।  
योसँगै प्रदेश ५ मा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १६ पुगेको छ ।  

अन्य समाचारहरु