बाँकेमा कोरोना संक्रमणको बृद्धिदर बढदो

प्रकासित मिती: साउन ३१, २०७७ शनिबार  

कुलेन्द विश्वकर्मा                                                              

बाँके (अर्घाखाँचीडट्कम संवाददाता) । बाँकेेेमा समुदाय स्तरमा फैलिएको कोरोना संक्रमण दिन प्रतिदिन वृद्धी हुदै गएको छ ।
 लकडाउन हटाए संगै आज थप १० जना कोरोना भाइरसका संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका १० जना संक्रमित थपिएका हुन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ का अनुुसार पछिल्लो २४ घण्टामा चार सय ७० नमूना परीक्षणमा बाँकेका १० जना थपिएका हुन् ।यो सँगै बाँकेमा संक्रमितको संख्या ७ सय ६ पुगेको छ ।
संक्रमित मध्ये ४ सय ३५ जना उपचारपछि घर फर्किसकेका छन् । दुई महिलासहित तीनजनाको कोरोना भाइरसको संक्रमण बाट मृत्यु भइसकेको छ ।

अन्य समाचारहरु