काठमाडौँ – नेपाल आयल निगमले फेरि पेट्रोलिय पदार्थको भाउ बढाएको छ।
निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलि, डिजल र मट्टितेलमा एक एक रुपैयाँका दरले मूल्य बढाएको हो।
मूल्य बढेपछि पेट्रोल १०५ रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको ९१ रुपैयाँ पुगेको छ।
निगमले हवाइ इन्धन र एपी ग्यासको मूल्य भने यथावत राखेको प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए।
निगमले प्रत्येक १५/१५ दिनमा स्वचालि मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्दै आएको छ। देशसन्चारमा समाचार छ ।