कुलेन्द्र बिक
बाँकेको समुदायस्थरमा फैलिएको कोरोना संक्रमण नियन्त्रणमा हम्य हम्य भएसंगै दिनप्रति दिन कोरोना संक्रमण संख्या वृद्धी हुदै गएको छ । पछिलो २४ घण्टामा गरिएको परिक्षणमा
बाँकेमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिकामा ५, कोहलपुरमा २ र नरैनापुर गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
यसैगरी बाँके जिल्लामा कूल ८ सय २५ जना संक्रमित रहेका छन् भने ६ सय १४ जना डिस्चार्ज भइसकेका छन्। यसैगरी २ सय ३ जना विभिन्न आइसोलेसनमा उपचार गराइरहेका छन् । अहिले संम्म बाँके जिल्लामा कोरोना संक्रमणको कारण मृत्य हुनेको संख्या ४ जनाको पुगेको छ ।