कुलेन्द्र बिक
बाँके । बाँकेको समुदाय स्थरमा फैलिएको कोरोना संक्रमण दिन प्रतिदिन वृद्धि भईरहदा नेपालगञ्जको भेरी अस्पतालका फिजिसियन डा. राजन पाण्डेसहित नौ जनामा संक्रमण देखिएको हो ।
यसअघि हिजो सोही अस्पतालका अर्का फिजिसियन डा. संकेत रिसालमा कोरोना संक्रमण पुष्टि भएको थियो । भेरी अस्पतालमा आज गरिएको पिसिआर परीक्षणमा एभरेष्ट बैंकका २ जना, वडा प्रहरी कार्यालय नेपालगञ्जका एक, नेपालगञ्जको वडा नम्बर ४ का ३, वडा नम्बर १ र ९ का एक÷एक जनामा कोरोना पुष्टि भएको छ ।
यो संगै हाल सम्म बाँकेमा कोरोना भाइरस संक्रमण संख्या ८ सय ३५ जनामा पुगेको छ भने निको भई घर फर्कर्नेको संख्या ६ सय ५४ पुगेको छ । यसैगरी अहिले बाँकेका बिभिन्न आइसोलेसनमा १७७ जना उपचारत रहेका छन् भने बाँकेमा हालस कोरोना पुष्टि हुँदा ४ जनाको भने मृत्यु भइसकेको छ ।