कुलेन्द्र बिक
बाँके । बाँकेको समुदाय स्थरमा फैलिएको कोरोना संक्रमण दिन प्रतिदिन वृद्धी हुदै गएको छ । आज एकैदिन ५१ जना सेना सहित ७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका र बागेश्वरी डायग्नोस्टिक एण्डा पोलिक्लिनिक सेन्टर नेपालगञ्जको परीक्षणमा जना गरी ७३ जनासंक्रमित थपिएका हुन् ।
अधिकांश संक्रमित नेपाली सेनाका छन् । संक्रमितमध्ये पाँच महिला र ६८ पुरुष छन् ।
भेरीमा गरिएको परीक्षणमा भेरी अस्पतालका एकजना डाक्टर, नेपाल टेलिकमका कर्मचारीदेखि स्वास्थ्यकर्मीसमेत रहेका छन् ।
नेपाल टेलिकमका ८ जना, पुरैना स्वास्थ्य चौकीका एकजना, माछापुच्छ्र्रे्र बैंकका दुईजना कर्मचारीमा कोरोना पुष्टि भएको छ ।
नेपालगन्ज वडा नं। १० का दुईजना, वडा नं। ७, ८, ११ र १३ का एकएक जनामा भाइरस देखिएको छ । त्यस्तै नरैनापुर गाउँपालिका ५ का एकजना, कोहलपुर नगरपालिका ११ का एक, खजुरा गाउँपालिका ३ का एकजनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
बागेश्वरी डाइग्नोष्टिक सेन्टरमा गरिएको परीक्षणमा ठूलो संख्यामा नेपाली सेनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कोहलपुर नगरपालिका एक कौशिल्या नगरस्थित नेपाली सेनाको पश्चिमी पृतना शिक्षालय ब्यारेकबाट सयजनाको नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
योसँगै बाँकेमा कुल संक्रमितको संख्या ९ सय १७ पुगेको छ भने यो संगै बाँकेमा कोरोनाको संक्रमणबाट मृत्युहुनेको संख्या ५ पुगेको छ ।