कपिलवस्तुमा थप १९ जना कोरोना संक्रमित भेटिए

कपिलवस्तु । कपिलवस्तुमा आज थप १९ जना कोरोना संक्रमित भेटिएका छन् ।
कन्ट्याक्ट ट्रेसीङका आधारमा संकलन गरिएको ८० स्व़ाब नमुनाबाट १९ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । ती मध्ये २१ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
यससँगै कपिलवस्तुमा कुल संक्रमितको संख्या १ हजार ९३ पुगेको छ । कपिलवस्तुमा कोरोनाबाट हालसम्म तीन जनाको मृत्यु भइसकेको छ । नेपाल समाचार पत्रमा समाचार छ ।  

अन्य समाचारहरु