बुटवल । कोरोना संक्रमणबाट बुटवलमा आज एक ७० वर्षिया वृद्धाको मृत्यु भएको छ ।
बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा गत ३१ साउनमा भएकी उनको आज मृत्यु भएको हो । मृतक रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी रहेको अस्पतालले जनाएको छ ।
स्वास प्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना भएकी उनी उच्च रक्तचाप र थाइराइडकोे बिरामीसमेत रहेको अस्पतालले जनाएको छ । उनको सघन उपचार कक्षमा उपचार गर्दा गर्दै बिहीबार बिहान साढे १० बजे निधन भएको हो । नेपाल समाचार पत्रमा समाचार छ ।