कुलेन्द्र बिक
बाँके – कोरोना भाइरस संक्रमणले बाँकेमा ७० वर्षिय एक महिलाको गयो ज्यान गएको फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।
मृतक महिलाको दुबै फोक्सोमा निमोनिया भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जनाएको छ । योसहित बाँकेमा कोरोना संक्रमणबाट मर्नेको संख्या ६ पुगेकोछ ।
छातिको समस्याबाट भनाए भएकी महिलाको कोभिड–१९ को संक्रमणको आशंकामा केही दिन अघी स्वाब संकलन गरि भेरी अस्पतालमा पीसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ पाइएको थियो । मृतक महिलाको स्वास्थ्य अवस्था विग्रदै गएपछि उनलाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज अस्पताल नेपालगन्जबाट नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगि भेन्टिलेटरमा राखि उपचार गर्दा स्वास्थ्य अवस्था सुधार नआएपछि उपचारको क्रममा उनका मृत्यु भएको हो ।
यो भन्दा अघि कोरोना भाइरसको कारणले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षिय पुरुषको मृत्यु भएको थियो । यसैबिच बाँकेमा ६ जनाको मृत्यु भइसकेकोछ । एक दिनको अन्तरालमा नेपालगन्जमा एक महिला र एक पुरुषको मृत्यु भएको हो । यसअघि बाँकेमै पहिलोपटक नरैनापुर गाउँपालिकाका एक युवकको मृत्यु भएको थियो । त्यसपछि बाँके बैजनाथ गाउँपालिकाको एक महिलाको मृत्यु भएको थियो । त्यसको केही समयपछि कोहलपुर नगरपालिकाकी एक महिलाको मृत्यु भएको थियो । त्यसपछि लगातार बाँकेको नेपालगन्जमा तीन जनाले ज्यान गुमाइसकेकाछन् ।