हिन्दु धर्म माथी निरन्तर प्रहार

केशबराज ज्ञवाली 
नैतिक आस्था र अनुशासनको अर्को नाम  हो” धर्म “बिश्वमा धेरै किसिमका धर्म र समुदाय छन ति धर्महरुका आ-आफ्नै बिशेषता छन यसै बीचको सबै भन्दा पुरानो धर्म हो हिन्दु धर्म ।मानबजातिको उत्पत्तिसंगै सुरु भएको हिन्दु धर्मकोअस्थित्व  अहिले संकटमा पर्न थालेको देखिन्छ यो सबै पश्चिमा संस्कार र नेपाली राजनैतिक उदाशिनताको उपज हो।
संसारमा धेरै किसिमका धर्महरुको बिकास भएको छ  ती सबै धर्महरुको सम्मान र कदर गर्नु मानवजातिको कर्तब्य हो।तर नेपालमा बिगत केही बर्ष देखि हिन्दु धर्म माथी निरन्तर प्रहार गर्ने क्रम बड्दो छ।बहुसंख्यक हिन्दु धर्माबलम्बी भएको देश नेपालमा २०६२/६३को आन्दोलन पछि तिब्र रुपमा प्रहार गर्ने क्रम झन बड्दो देखिएको छ ।हिन्दु राज्य बाट धर्म निरपेक्ष रास्ट्र घोषणा गरे संगै हिन्दु धर्म बिरोधि तत्व उग्र रुपमा सकृय भएको छ।यसैको पछिल्लो उदाहरण हो रौटहट हनुमान मन्दिरका पुजारी श्री राम शाह हत्या कान्ड र हत्यारा पत्ता लगाउन सरकारको उदाशिनता! आझ रोचक कुरा त के भने गृहमन्त्रालयले हिन्दु धर्म मान्ने हरुबाट हत्यरा छिटो पत्ता लगाउन दबाब स्वरुप आन्दोलन हुन सक्ने भनी कडा कदम चाल्न आफ्नो माताहतका निकायलाइ सर्कुलर गरेको छ ।
             
अपराधी पत्ता लगाउन समन्वय गर्दै छिटो र चुस्त अनुसन्धान गर्न आदेश दिनुपर्ने निकायले यस्तो सर्कुलर जारी गर्नुले स्पष्ट पार्छकी यो सरकार नै हिन्दु धर्म को अस्थित्व नस्ट गर्न सकृय छ। 
हत्याको एक हप्ता बितिसक्दासम्म पनि हत्यारा पक्राउत परको कुरा खोजतलास गरि छिटो कारबाहीको दायरामा ल्याउ भन्न पनि नमिल्ने यो कस्तो लोक्तन्त्र ?हत्या जस्तो गम्भीर अपराधमा जनता कै सहयोग लिएर छिटो भन्दा छिटो अपराधी पत्ता लगाउने तर्फ नलागेर जस्को सहयोग लिनुपर्ने उसैलाई नियन्त्रण गर भन्दै सर्कुलर गर्ने यो कस्तो बिडम्बना ?के हाम्रो अपेक्षा यहि थियो?
प्रशासनले त जनता संग समन्वयकारी कदम चालेमा दोषी पत्ता लगाउन सफल भएका उदाहरण प्रशस्त देखिन्छन तर रौतहटमा यस्तो देखिएन ।
रौतहटमै पुजारी हत्या हुनुभन्दा केहि दिन अगाडि हत्या गरिएका पुरुषको पनि हत्यारा लगाउन आजको दिन सम्म रौतहट प्रहरी असफल देखिएको छ।यसमा पनि रोचक कुरा त के भने नक्कली अपराधी बनाउन एक स्थानीय युवा लाई पक्राउ गरि चरम यातना दिएको आरोप मिडियामा आइसकेको छ ।पक्राउ गरि छाडिएका युवाको निधन भैसकेको छ यद्यपि उन्लाइ विभिन्न रोगहरु भएको प्रहरिले दाबी गरेता पनि मृतकका आफन्तले कुनै रोग नभएको र प्रहरिको यातनाकै कारण मृत्यु भएको आरोप लगाएका छन यी र यस्ता कुरा हरुको निरुपण गर्न रौतहट प्रहरी चनाखो हुनु पर्ने देखिन्छ ।
हत्या आफैमा गम्भीर अपराध हो यस्ता अपराधीहरूलाई समयमै कानुनी दायरामा ल्याइ कानुनी कारबाही गर्नु सरकार र प्रशासनको कर्तव्य हो। ताकी फेरि यस्ता हत्या नदोहोरिउन ।