कोरोना त्रास-वास्तविक र भ्रमपुर्ण

ऋषब ज्ञवाली
भनिन्छ, कुनै पनि बिपत्तिको अग्रिम सूचना प्रवाह हुदैन। कुनैपनि प्रकोप या महामारीका आ-आफ्नै विशेषता हुन्छन्। मानव जिवनका कालखण्डमा विभिन्न प्रकारका परिस्थितिहरु सृजित भइरहन्छन। र यो निरन्तर चलिरहन्छ। सहज र असहज दुबै प्रकारका अवस्थालाई आत्मसात मानव जिवनले निरन्तर गरिरहेको हुन्छ। यो मानवको मानवीय स्वभाव पनि हो। यसमा विकल्प पनि हुदैन। यस्तै प्रकारका कैयौ परिस्थितिको सामना गर्दै गर्दा लगभग झन्डै आठ महिनादेखि विश्व जगतको मानव समुदाय एउटा कठिन मोडमा उभिन बाध्य भएको छ। यसको मुल कारण कोभिड -१९ अर्थात कोरोना भाइरस। एउटा सूक्ष्म भाइरस जसले बिश्वभर एकछत्र राज गरिरहेको छ। बिश्व समुदायका सम्पुर्ण मानव जगतलाइ आतंकित बनाइरहेको कोरोना भाइरसको उत्पत्ति चिनको बुआन प्रान्त स्थित एउटा प्रयोगशाला भनिएको छ। चिनको बुआन बाट बिश्वका लगभग सबैजसो देशमा यसको प्रकोप फैलिनु मानवसमुदायको लागि पक्कै पनि सुखद थिएन। यद्यपि यसले महामारीको रुप लिन पुगेको सर्वविदितै छ। 
आजसम्मको आंकडामा जनस्वास्थ्यमा असर पार्ने खालका महामारीको आयु तिनदेखी बढीमा ६ महिना थियो एच.आइ.भि. एड्स बाहेक। अर्थात कुनै पनि रोगजन्य महामारीको उपचार पद्धति या रोकथाम पद्धति यो समयमा बनिसक्थ्यो। या त यस्ता महामारी यो अवधिमा आफै निष्क्रिय भएर जाने गर्दथे। यसलाई विभिन्न अनुसन्धान र तथ्यले पुष्ठि गरेको छ। ओभिड -१९ यस्तो खतरनाक सावित हुदैछ जसले नियन्त्रणको सिमाघेरा लगातार नाघिरहेको देखिन्छ। सामान्य लक्षण सहित सामान्य अवस्थाको मानिसलाइ मृत्युशैया सम्म पुर्याउने खालको भाइरस आजसम्मकै खतरनाक भाइरस सावित हुन पुगेको छ। सम्पुर्ण मानव जगतलाइ घरभित्र थुनेर आतंक फैलाइरहेको भाइरस प्राकृतिक हो या निर्मित? बहस जारी छ। बिश्व स्वास्थ संगठन (WHO) को भनाइ अनुसार यो भाइरस मानव निर्मित भाइरस हो भन्दै संगठन आफैले स्वीकारिसकेको अवस्था पनि हो। WHO को भनाइलाई आधार मान्ने हो भने यसको खोप या उपचारको लागि औसधि अहिलेसम्म निर्माण हुन सकेको छैन। यदि यो सत्य हो भने यो रोग लागेका मानिस सबै मृत्युुबरण गर्न बाध्य हुनुपर्छ त? उपचार पद्धति नभेटिएको अवस्थामा संक्रमीत मानिसहरु कोहि पनि निको हुन सकेका छैनन त? तथ्यांकले संक्रमीत ब्यक्ती निको र मृत्युमा व्यापक अन्तर देखाएको छ। अर्थात मृत्युको तुलनामा निको हुने मानिसको संख्या अत्याधिक धेरै रहेको छ।
के हो कोरोना भाइरस: 
कोभिड अर्थात कोरोना बारे वास्तविक तथ्य पत्ता नलागेको अवस्थामा बिश्वभर स्वास्थ क्षेत्रमा काम गरेको संस्था WHO ले केही तथ्य सार्वजनिक गरेको छ। सामान्य रुघाखोकीका लक्षणसित मेल खाने लक्षण नै कोरोना भाइरसका लक्षण हुन। जसको उत्पत्ति चिनको वुआन प्रान्तबाट भएको हो। शुरूवाती चरणमा रुघाखोकी सहित सामान्य ज्वरो आउने यसका प्रारम्भिक चरण हुन। घाँटी दुख्दै फोक्सो प्रभावित गरेर श्वासप्रश्वास अवरोध यस भाइरसले गराउन सक्छ। देख्दा, सुन्दा सामान्य तर मृत्युको मुखसम्म धकेल्ने यस भाइरसको ठोस उपचार पद्धति हालसम्म WHO या बिश्वका कुनै पनि मुलुकले पत्ता लगाउन सकेका छैनन। 
यो रोगको प्रत्यक्ष असर नेपालले पनि बेहोरिरहेको छ। बिगत झन्डै छ (६) महिनादेखि। नेपाल जस्तो बिकासोन्मुख देशमा यसको असर अझ डरलाग्दो अवस्थामा देखिन पुगेको छ। सबै क्षेत्र अस्तव्यस्त छन। जनता त्रसित बनेका छन। स्वास्थ रक्षाका लागि सुरक्षा अपनाउदा भोकमरीको अवस्था सृजना भइरहेको छ। आखिर कोरोनाले नै यो सब गराएको हो त? मात्र कोरोनाले गर्दा सबै मानव समुदाय त्रसित बन्न पुगेका छन त? दैनिक जिवनयापनका निमित्त निरन्तर आफ्नो पेशा ब्यावसाय गर्दै आएको मानवसमुदाय आफ्नो जीवन रक्षाको निमित्त थुनिएर बस्न बाध्य किन छ? यसको पछाडी कुनै अनुसन्धान भएको पाइदैन। कतै कोरोना हाउगुजिको विषय बनाएर जनतालाइ त्रसित त बनाइदै छैन? यदि होइन भने कोरोना भाइरस देखा परेको र पुष्ठि भएको यत्रो समयसम्म सफल उपचारका लागि औसधि लगायत नियन्त्रणका उपायमा किन चासो देखाइदैन? यी र यस्ता अनेकौ जिज्ञासाहरु बिश्व मानव समुदायमा निस्किन थालेका छन। यद्यपि यसलाई ठोस आधार मानेर उत्तर दिनसक्ने अवस्थाको निर्माण अझै हुन सकेको छैन। 
कोभिड सम्बन्धी केही बिबादास्पद विषयहरु: 
मानव स्वास्थमाथी सिधै प्रहार गर्ने भाइरस बनाइनु या जन्मिनु सुखद कुरा होइन पक्कै पनि। कोरोनाले महामारीको रुप लिदै गर्दा यसका बारेमा विभिन्न खाले बहसहरु हुन थालेका छन। चिनबाट उत्पत्ति भएको भनिएको यो भाइरस उत्पत्ति भएको क्षेत्रमा पुर्ण रूपमा नियन्त्रणमा छ। वुआन प्रान्त बाहेक अन्य प्रान्तमा यसले महामारीको रुप लिन सकेन। तर बिश्वका सबैजसो देशमा यसले महामारीको रुप लिएको छ। कतै यसका पछाडी केही षडयन्त्र त लुकेको छैन? सोच्न बाध्य बनाएको छ। स्वास्थको क्षेत्रमा बिश्वकै सबैभन्दा ठुलो र शक्तिशाली संस्था बिश्व स्वास्थ संगठन (WHO) ले यसका रोकथामका सवालमा प्रभावकारी उपायहरु सार्वजनिक गरेको पाइदैन। उपचार पद्धति ननिस्केको भन्दै मानव जगतलाइ त्रसित बनाएर WHO ले स्वास्थको नाममा कतै ब्यापार त गरिरहेको छैन? प्रश्न उब्जिन थालेका छन। यदि त्यसो होइन भने रसियाले उत्पादन र सफल परिक्षण दाबी गरेको कोरोना विरुद्धको खोपलाइ स्वीकृत दिन WHO किन आनाकानी गरिरहेको छ त? WHO को ब्याबहारमा असन्तुष्टि जनाउँदै संयुक्त राज्य अमेरिकाले WHO लाई दिदै आएको अनुदान रोक्दा WHO बाट किन स्पष्ट धारणा आउन सकेन? बिश्वका सबैजसो देशका सबैजसो प्रान्तमा महामारी फैलिदै गर्दा चिनमा उत्पत्ति भएको भनिएको प्रान्त बाहेक अरु प्रान्तमा यसको असर किन देखिएन? फलाम, पैसा, फलफूल, तरकारी, पानी, मासुजन्य जनावर, हावा आदिबाट पनि सर्ने भन्दै भ्रम फैलाउने र पछी सर्दैन भनेर जवाफ दिने WHO को बोलिलाइ आधिकारिक कसरी मान्ने? यी र यस्ता तमाम प्रश्नको उत्तर न त WHO सित छ। न त बिश्वका महाशक्ति राष्ट्रहरुसंग नै। WHO संग छ त केवल एउटै उपाय त्यो हो लकडाउन। तर लकडाउन पनि अति नै भइसक्यो। नियन्त्रणका ठोस उपायको खोजीमा नलागेर लकडाउनलाइ मात्र निरन्तरता दिएको भन्दै अमेरिका लगायत  युरोपका कैयौ देशमा बिरोधका स्वर निस्के। जनता स्वतस्फूर्त आफ्नो कामलाइ निरन्तरता दिन थाले। तर WHO सावधानीका लागि लकडाउन बाहेक अर्को बिकल्प देख्दैन।
यद्यपि मानव स्वास्थमाथी सबै सचेत र गम्भीर बन्नुपर्छ। स्वास्थ सुरक्षा अपनाउनका लागि कुनै कसर बाकी राख्नुहुदैन। सुरक्षीत हुँदै नियमित कामकारबाहीको वातावरण बनाइनुपर्छ। महामारी नियन्त्रण र रोकथाममा द्रुत गतिमा पहल गरिनुपर्छ। सुरक्षीत रहौ। सावधानी अपनाऔ।। स्वास्थप्रती सचेत बनौ।।।
सामाजिक क्षेत्रमा कृयाशिल लेखक सामाजिक अभियन्ता हुन् ।