बाँकेमा ९ प्रहरी सहित २४ जनामा कोरोना सक्रमण पुष्टि

बाँकेमा एकै दिनमा ९ प्रहरी सहित  २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा  ८ महिला र १६ पुरुष गरी २४ जना संक्रमण पुष्टि भएको हो । 
पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८१ वटा नमुना परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  जस मध्य बाँकेका २४, बर्दियाका ४ जना र दाङका ५ जनामा गरी ३३ जनामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले  जानकारी दिए । बाँकेका प्रहरी, सञ्चारकर्मी, बैंर्कस र कर्मचारीका साथै भेरी अस्पतालका एकजना बिशेषज्ञ सहित ६ जना स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, जिल्ला प्रहरी कार्यालयका ९ जना प्रहरीमा पनि भाइरस पुष्टि भएको छ । त्यसैगरी नविल बैंक र माछापुच्छ्रे बैंकका एकएक जना कर्मचारी र आन्तरिक राजश्व कार्यालयका थप एकजना कर्मचारीमा पनि भाइरस देखिएको छ । यो संगै बाँकेमा हालसंम्म कोरोना संक्रमणको संख्या १०६७ पुगेको छ भने ६ जना कोरोना संक्रमणको कारणले मुत्यु भैसकेको छ ।

अन्य समाचारहरु