बाँकेका १० महिला २९ पुरुष सहित ३९ जनामा कोरोना पुष्टि

कुलेन्द्र बिक 

बाँके –  बिहान बेलुका हातमुख जोडना बाँकेका सर्वसाधारण बाहिर निष्र्कन बाध्य भएका छन् । 
जसले गर्दा समुदायस्थरमा फैलिएको कोरोना संक्रमण नियन्त्रणमा हम्य हम्म हुदै गएको छ ।  बिभिन्न पेशामा आवद्ध भएका ब्यक्तीलाई दिनप्रति दिन संक्रमण वृद्धी हुदै गर्दा  बाँकेमा ३९ सहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ३ जनाको स्वाव परीक्षण गरिएकोमा बाँके र बर्दियाका ४७ जनाको रिपोर्ट पोजेटिभ देखिएको भेरी अस्पतालले जनाएको छ ।
 भेरी अस्पताल नेपालगञ्जमा बिहीवार गरिएको परीक्षणमा बाँकेका १० महिला र २९ जना पुरुष गरी ३९ जना र बर्दियाका ८ जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको हो । 
संक्रमितहरुमध्ये सबैभन्दा बढि कोहलपुरका रहेका छन् । भेरी अस्पतालका अनुसार कोहलपुर ११ का १३ र कोहलपुर ३ का ६ गरी १९ जनामा संक्रमण देखिएको छ । त्यसैगरी नेपालगञ्जका १४, भेरी अस्पतालका ३, जिल्ला प्रहरी कार्यालय बाँकेका एक र नेपालगञ्ज बस्दै आएका बर्दिया र दैलेखका एकएक जनामा कोरोना देखा परेको हो । 
योसंगै बाँकेका हालसंम्म कोरोना संक्रमण संख्या ११३४ पुगेको छ  भने कोरोनालाई जिति घर फर्कर्ने संख्या ७ सय ८३ जना पुगेको छ ।  त्यसैगरी कोरोना संक्रमणको कारण मुत्यु हुनेक संख्या ६ पुगेको छ ।

अन्य समाचारहरु