कुलेन्द्र बिक
बाँके – बाँके प्रशासनले आज र भोली निषेधाज्ञा गर्ने धोषणा गरेको छ ,कोरोना संक्रमणदर निरन्तर वृद्धी हुदै गएपछि नियन्त्रणका लागि सातामा दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा गर्ने निर्णय लिएको हो ।
अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जिल्लाभर लागु हुने भएको छ।
जिल्लास्तरीय कोभिड(१९ संकट व्यवस्थापन समितिले अघिल्लो साता नै यस सातादेखि हरेक शुक्रबार र शनिबार जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो ।
निषेधज्ञा अवधिभर औंषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने भनिएको छ।