बाँकेका ३८ सहित ८० जनामा कोरोना संक्रमण पुष्टि

कुलेन्द्र विक 
बाँके – बाँकेमा समुदायस्थरमा कोरोनाको संक्रमणमा दिन प्रति दिन उकालो लाग्यो भन्दैे बाँके प्रशासनले साताको दुई दिन निषेधाज्ञा गरेपनि कोरोना संक्रमणमा कमि आउन सकेको छैन । 
बाँकेका आज ३८ जना सहित ८० जनामा  कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ३ सय १३ जनाको परीक्षणमध्ये ८० जनामा कोरोना संक्रमण देखिएको हो ।  बाँकेका ३८ जना मध्ये ८ महिला र ३० पुरुषमा संक्रमण देखा परेका छ ।
 जसमध्ये नेपालगञ्ज, कोहलपुर र खजुराका रहेका छन् । 
यस्तै बाजुरा, झापा, प्युठान र काठमाण्डौका एक एक जनामा संक्रमण भेटिएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा कुल ८० जनामा संक्रमण भएको अस्पतालले जनाएको छ । योसंगै बाँकेमा जम्मा कोरोना संक्रमणको संख्या १२४८  रहेको छ भने कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।
  

अन्य समाचारहरु