कुलेन्द्र विक
बाँके । बाँकेमा कोरोनाको संक्रमण दिन प्रतिदिन उकालो लाग्दै गर्दा आज एक जनाको व्यक्तिको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
आइतवार राती साढे ८ बजेतिर एक जना पुरुषको मत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले दिएको जानकारी दिए ।
मृतक लामो समयदेखी मधुमेह र मुटुको रोगवाट ग्रस्त रहेका स्वास्थ अवस्था बिग्रदै गएपछि थप उपचारको लागि नेपागंज मेडिकल कजेज कोहोलपुमा उपचार भईरहेको थियो ।
कोरोना संक्रमणबाट मुत्यु हुने ५९ वर्षीय पुरुष नेपालगंज ९ हुन् । उनीसँगै कोरोनाका कारण ज्यान जानेको संख्या बाँकेमा ७ पुगेको छ ।