बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सिल

कुलेन्द्र विक
बाँके । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सिल गरिएको छ । 
अस्पतालमा कार्यरत दुई चिकित्सकसहित १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल सील गरिएको छ ।
 अस्पतालका प्रमुख विश्वराम पौडेलका अनुसार, दुईजना चिकित्सक, तीनजना प्रशासन शाखाका कर्मचारी, एकजना नर्स र पाँचजना अस्पताल सहयोगीमा कोरोना संक्रमण देखिएको छ । 
यसअघि अस्पतालका गाडी चालकलाई पनि कोरोना भाइरस संक्रमण देखिएको थियो । अस्पतालमा भाइरस संक्रमण देखिएपछि अन्य सबै चिकित्सिक, स्वास्थ्यकर्मी र कर्मचारी सेल्फ क्वारेन्टिन बसेका छन् । उनीहरुको पीसीआर परीक्षणको तयारी भइरहेको छ ।

अन्य समाचारहरु