कुलेन्द्र विक
बाँके – बाँकेको भरी अस्पतालमा ८ बेड आइसियु सुबिधासहित ७२ बेडको बिशेष अस्पताल सञ्चालनमा आएको छ ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, सांसद आइपी खरेल र बिजय यादवको उपस्थितिमा कोरोना बिशेष अस्पताल सञ्चालनमा आएको हो ।
भेरी अस्पतालमा कोरोना बिशेष अस्पतालका लागि सबैसँग गरिएको अपिलपछि बिशेष अस्पताल सञ्चालनमा आएको हो । हाल ७२ बेडबाट शुरुवात गरिएपनि सय बेडमा रुपान्तरण गर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक एंव प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष अस्पतालमा बेड अभाव तथा दिगो व्यवस्थापनको समस्यापछि भेरी अस्पतालमा कोरोना बिशेष अस्पताल बनाउने निर्णय गरिएको थियो ।