बुटवलको कोरोना विशेष अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ का ५५ वर्षीय पुरूषको शुक्रबार बिहान ११ बजेतिर मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ।
कोरोना संक्रमण पुष्टि भएपछि उनको भदौ १९ गतेदेखि बुटवल धागो कारखानास्थित कोरोना विशेष आइसोलेसन अस्पतालको आइसियूमा उपचार भइरहेको थियो।
स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेको अवस्थामा शुक्रबार उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।
मृतकलाई कोरोना संक्रमणसँगै कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ।
योसँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमण पुष्टि भएका ४ जनाको मृत्यु भएको छ।
योसँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ४ पुगेको छ।
यस्तै, बुटवलको कोरोना अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या १५ पुगेको छ । सेतोपाटीमा समाचार छ । 

अन्य समाचारहरु