कपिलवस्तुको बाणगङ्गामा संविधान दिवसका दिन खेल सामाग्री हस्तान्तरण गर्दै तरुण दल र नेविसंघ


कमला घिमिरे
बाणगङ्गा, कपिलवस्तु  । नेपालले संविधान पाएको दिन आजको दिन संविधानसभा बाट संविधान जारी गर्दै जारी भएको संविधान दिवसका अवसरमा नेपाल तरुण दल र नेविसंघ कपिलवस्तुले संयुक्त रुपमा कार्यक्रम गरि मनाएको छ। बाणगङ्गा नगरपालिका वडा नं.-८ स्थित रहेका खेलकुद युवा क्लबहरुलाई खेलप्रेमी खेलाडिहरुका लागि मनोबल उच्च राख्दै प्रोत्साहित गर्नका लागि खेलसामाग्री आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।
उक्त कार्यक्रममा बाणगङ्गा-८ का ३ ओटा खेलकुद युवा क्लबलाई खेल सामाग्री फुटबल हस्तान्तरण गरिएको छ। कार्यक्रममा तरुण दल छेत्रीय सभापति तिलक थापा, जिल्ला सदस्य राजन आले, तरुण दल नेतृ लक्ष्मि कुंवर,सांस्कृतिक संघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेल(सिके) बिद्यार्थी नेता एवम तरुण दल वडा सभापति मीन थापा,तरुण दलका नगर कोषाध्यक्ष बेदुराम पोख्रेल,तरुण नेता गङ्गा बहादुर छेत्री लगायत नेता कार्यकर्ताको उपस्थितिमा खेलकुद क्लबका खेलाडीहरुको उपस्थितिमा हस्तान्तरण गरिएको छ।
 उक्त कार्यक्रममा बोल्दै तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी ज्युले खेलकुद मात्र एस्तो माध्यम हो जसले सबै युवाहरुलाई जोडेको हुन्छ किन भने यस भित्र न राजनैतिक, न धार्मिक, न जातीय भेदभाव हुन्छ । निष्ठा, त्याग र साहसका प्रतिमुर्ति, संविधान  दिवसमा संविधानका पिता स्व.सुशील कोइरालालाई सम्झदै उहाको योगदानको बारेमा समेत चर्चा गर्दै  विभिन्न युवा क्लब हरुलाई फुटबल हस्तान्तरण गर्दै शुभकामना समेत ब्यक्त गर्नुभएको थियो।                              
उक्त कार्यक्रममा बोल्दै नेविसंघ का छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले खेलाडीहरुको आत्मबल बढाउन र उनिहरुलाई प्रोत्साहित गर्नका लागि लागिपरेका छौ आगामी दिनमा समेत युवाका हरेक सुखदुःखमा साथ दिदै अगाडी बढनेछौ भन्दै यो सानो प्रयास आफुहरुले खेलाडीको मनोबल उच्च बनाउन गरेको बताउनुभयो।संविधान निर्माणमा सुशील कोइरालाको योगदानको बारेमा चर्चा गर्दै उहाको त्याग निश्ठा अहिलेको युवाहरूलाई मार्गदर्शन रहेको बताउदै सबै युवाहरु  खेलको माध्यमबाट एक भै सभ्य र सुन्दर समाज निर्माणमा लाग्नुपर्ने बताउनुभयो।                                 
 उक्त कार्यक्रममा खेल सामग्री पाइसकेपछी खेलाडी हरु खुसी हुँदै धन्यवाद ब्यक्त गरेका थिए।खेल सामाग्री बाणगङ्गा-८ मा रहेका बोडगाउ बालापुर र मधुबनमा रहेको युवा क्लबका खेलाडीहरुको उपस्थितिमा हस्तान्तरण गरिएको छ।

अन्य समाचारहरु