शिक्षा सुधारका लागि चार खम्वा सुधारको आबश्यक

– भविन्द्र घिमिरे 
वहुआयाकि सेवा केन्द नेपाल अर्घाखाँची 
कोभीडको यसमहामारी विचमा अनलाइन कक्षा ,अस्थायी, सिकाइ र आवश्यक शैक्षीक समाग्री को व्यवस्था गदै  वालवालिका ,अभिभावक, शिक्षक लाइ विस्तारै नियमित रुपमा पठनपाठनतर्फ फर्काउन स्थानिय तह लागीरहेका छन ।  अहिले पविधी र आधारभूत शैिक्षक सामाग्री का साथ हामि सवेको सहगोगको आवश्यकता छ । सरकारले पनि सम्पुर्ण विधालय तथा विधार्थिलाइ इन्डरनेट सेवा उपलव्ध ग।राउन निर्देशन जारीि गरीसकेको छ । समाजशास्त्रीय दृष्टीकोणवाट क्षिक्षाको परीणाम मानविय व्यवहार र मानव विकासको सचकाकहरुमा आएको परिवर्तनलाइ आधारभुत सुचकका रुपमा लीने गरिन्छ ।  यस विषम परिस्थतिमा सीकाइलाइ कसरी व्यवस्थित ,सुरक्षीत र उपलव्धिपुणर््ा वनाउन सकिन्छ । यही विषयमा  यस लेखमा समस्या उठान र समाधानका उपाय समेत सुझाउने कोशिस गरिने छ । शिक्षक ,विधार्थि र अभिभावक शिक्षाका तिन खम्वा हुन । शिक्षाको सुधारकालागी  पहिले तिन खम्वाका वारे चर्चा गरीने गरिएको भएपनी यहाँ चार खम्वाका वारेमा चर्चा गरिएको छ । 
                                  
   शिक्षक  
शिक्षक सरकारी नितिको कारिन्दा मात्र होइनन । उनिहरु त कसरि शिक्षालाइ उपलव्धि मुलक वनाउन सकिन्छ भनेर खोजी गर्ने अनुशन्धानकर्ता पनि हुन । किनकि उनिहरु सधै अबोध बालक सँग आएका जिज्ञाशा मेटाउने कोशिसमा ैछन । दिनहु फिल्डमा छन । राज्यले महगो शुल्क तिरेर पढाउन नसक्ने जनता का लागि तलब र सुविधा दिएको जिम्मेवारि दिएको छ । समाजलाइ वदल्ने जिम्वेवारि दिएको छ ।  सभ्य समाजनिर्माणका लागी सवेैको आशा रहेको छ ।आगामि पिढिको भविश्य निमार्णको जग तयार गर्ने अभिभारा दिएको छ ।
शिक्षक सभ्य समाज निर्माणका नेतृत्वकर्ता हुन । काँचो पिठो जसरि रोटी तयार गरिन्छ तेसरी नै असल शिक्षकले अवोध वालवालीकालाइ सफल जिवनको आधार तयार गरिदीन्छन ।सिकाइ उपलव्धिका आधारमा आएको परिणाममुखि शैक्षिक सुचकांडक नै शिक्षण प्रभावकारि भए नभएको प्रमाणित गर्ने आधार हो भनिन्छ । तर सिकाइ मल्याकन  ठीक तरिकाले भएको हुनुपर्छ । असल शिक्षणको मापनका आधार कसरी वनाउने भन्ने विषयमा बहस लामो चलेको छ । समाजशास्त्रीय दृष्टीकोणवाट क्षिक्षाको परीणाम मानविय व्यवहार र मानव विकासको सुचकाकहरुमा आएको परिवर्तनलाइ आधारभुत सुचकका रुपमा लीने गरिन्छ ।  शिक्षकलेृ आपनो काममा भन्दा राजनितिक क्रीयाकलापमा समय विताएको आरोप लागिरहेको छ ।यस्तो बेला हामि निस्पक्ष रुपमा क्षिक्षाका चार खम्वा मध्ये क्षिक्षकले आपmनो इज्जत जोगाउने हो भने आजै देखि निम्न अुनसारका साना तर गम्भिर ठाउँमा चुकेका कुरा सच्चाउन जरुरी रहेको छ । 
        ◦ वोर्डमा लेख्ने कुरामा अल्छि गर्ने बानि हटाउने, 
        ◦ आवश्यक तयारीका लागी कक्षामा जाने,अध्यानशिल बन्ने, 
        ◦ कार्यमुलक अनुशन्धान मुलक शिक्षण वनाउने ,
        ◦ रचनात्मक रुपमा स्थानिय शैक्षिक सामाग्रीको प्रयोग गर्ने ,
        ◦ आफु असल शिर्जनात्मक शिक्षक बन्न प्रयास गदै शिक्षक भएकोमा गर्भ गर्ने ,
        ◦ वाल मैत्रिमुलक शिक्षण विधि वा  सिकेर सिकाउने (जिज्ञासामुलक  शिक्षण) गर्ने कुरामा जोड दिने ,
        ◦ छलफल गरि सिक्ने अवधारणा प्रयोग गरि सिकाइ सहजकर्ता रुपमा रही निचोड दिने
        ◦ समस्या समाधान शिक्षण विधि अपनाउने , नियमित कक्षामा आउन,
        ◦  अबलोकन बिधि को प्रयोग गरि रटाउने बिधि हटाउने ।
 सामुदायकि विधालयका शिक्षकले भन्छन, हामि गरिवहरुका छोरा छोरि पढाउछौ । निजि स्कूलले शुल्क तिर्न सक्नेलाइ पढाउछन । हामिलाइ सरकारले शुल्क लिन वन्देज लगाएको छ । हामि कसरि राम्रो परिणाम ल्याउन सक्छौ ? हो, अनुभव साटदा  केही सरकारि स्कूलमा अभिभावकसग सल्लाह गरेर थोरै शूल्क लिएर सानो योजनावद्ध प्रयास गर्दा राम्रो परीणाम आएको देखियो । यद्यपि शूल्क शाधन मात्र हो गर्ने  शिक्षकले नै हो । अभिभावक सघका प्रतिनिधि भन्छन,  साधनको अभाव वाहाना मात्र हो हामि सहयोग गर्न चाहान्छौ योजना र हिसाव पारदर्शि बनाएर आउनूहोस । त्यसैले हामि समस्या देखाउदै कति दिन बस्ने ? 
                                     
विद्यार्थी
विद्यार्थी जिज्ञासु छन । उनिहरुमा मानसीक पीडा त छदै छ । अइा वढी  पनि अभाव  छ । पाठयपस्तक ,कापिकलम ,र उपयक्त आहारको अभावमा स्कलमा आए पनि घर जादा पून पारिवारीक समस्याले पढाइलाइ निरन्तरता दिन कठिन भैरहेको छ । अभिभावक मामकोखोजिमा काममा जादा उपयक्त वातावरण घरमा लिन सकीरहेका छेनन । विद्यार्थिलाइ समयदिन सकिरहेका छैनन । यस्तो अवस्थामा वालवलिकाले निम्नअनसारको अपेक्षा गरिरहेका हूदारहेछन ।
    – अवलोकन भ्रमण 
    – खेलकुद 
    – सास्कृतिक कार्यक्रम 
    – मनोरन्जन
   – प्रयोगात्मक अवसर । 
               
 ब्यवस्थापन समिति तथा अभिभावक
 
स्कुल व्यवस्थापन समिति लाइ प्राद्यापक ले बनाएको शैक्षीक कार्ययोजनालाई सघाउदै गुणस्तरिय शिक्षा दीन सघाउने उदेश्य राखि संस्थाका रुपमा गठन गरिएको हो ।  ब्यवस्थापन समिति ले एकोहोरो शिक्षकलाइ दोष दिन भन्दा रचनात्मक सहयोग गरेर शिक्षामा सुधार गर्न सकिने कुरामा जोड दिनु आजको आबश्यकता हो । त्यस तर्फ ब्यवस्थापन समिति लाग्नु भन्दा खालि राजनितिक प्रभावमा परेर कसरी आपmनो मान्छे भर्ति गर्न सकिन्छ भन्ने तर्फ वढि लागेकोले आफुलाई अप्ठयारो परेको तर्क शिक्षक गर्दछन । कार्यक्रममा व्यवस्थापन समिति का अध्यक्ष हरु हामिलाइ एउटा  साधनका रुपमा प्रयोग मात्र गरि पुर्ण अधिकार नदिइ  गाल टार्ने शाधन बनाएको गुनासो गर्दछन ।  यस कार्यक्रमका  क्रममा ब्यवस्थापन समिति मुख्यतया निम्न अनुसारका कुरामा चुकेको शिक्षक प्रतिनिधिको  आरोप  छ । 
१ आफनो मान्छे भर्ति गर्ने कुरामा राजनैतिक प्रभाबमा पार्न खोज्नु । 
२ शिक्षक नाता गोता र एउटै दलको आस्था भएकोमा अत्यन्त भर पर्नु वा पढाइका ेकुरा गर्न हिच्किचाउनु ।
३ आपmनो बच्चाको पढाइप्रति कस्तो अबस्था छ भन्ने वारे स्कुलमा गएर चासो नलिनु । 
त्यसैले  शिक्षक अभिभावक सघ र शिक्षक ब्यवस्थापन समिति विच सहकार्य गरि ठोस रुपमा अराजनितिक कार्ययोजना बनाइ विद्यालय प्राद्यापक लाइ शैक्षिक योजनामा सघाउने र आबश्यक सरसल्लाह दिने गरेमा बिद्यालय को शैक्षिक अवस्था सूधार गर्न सजिलो हून्छ ।
जिल्ला शिक्षा समन्वय समिति र स्थानिय शिक्षा समिती
 सघयि व्यस्थामा जिल्ला शिक्षा समन्वय समिति र स्थानिय शिक्षा समीतीका क्षेत्राधिकार स्पस्ट तोकोएको छ । तर सम्पुर्ण अनुगमनको ,व्यबस्थापन र सुपरिबेक्षणको जिम्मा लिएर पनि खालि दोष विद्यालय प्राद्यापक लाइ दिएर आप्नो जिम्वेवारि बाट भाग्न खोजेको देखिन्छ । शिक्षा अधकिृत को सहजिकरण फितलो रहेको गुनासो छ । यस तथ्य सँग भरपर्दो प्रमाण पनि छ । अधिकांश शिक्षा अधिकृतहरु, शिक्षकहरु सघ, सगठनको इाोला बाकेर हिडिरहेका छन । राजनैतिक नेता बनिरहेको तस्विर छलडगै छ । यसरि अनुगमन मुल्याडकन गर्ने पाटो नै भरपर्दो नभएपछि कसरी शिक्षामा गुणस्तरीयता आउन सक्छ ? — शिक्षकहरुको तर्क छ । जिल्ला शिक्षा समन्वय समिति र स्थानिय शिक्षा समिती निम्न अनुसारका कुरामा चुकेको आम नागरिकको ठहर छ । 
 (क) वास्तबिक तथ्य भन्दा कागजी उपलव्धिमा रमाउनु ।  
 (ख)  राजनितिक प्रभावमा पर्नु ।
 (ग) राम्रो गर्ने लाइ पुरस्कृत र खराव आचरण वा ठग लाइ दण्दित गर्नुका साटो संघ संगठनको सिफारीसमा गलत मुल्याडकन गरी राम्रा शिक्षक लाइ हौसला दिन नसक्नु ।
 (घ) नितिगत रुपमा देखिएका समस्यालाइ सहि समाधान गर्नुको साटो आफु अनुकुल गलत व्याख्या गर्नु ।
त्यसैल जिल्ला शिक्षा समन्वय समिति र स्थानिय शिक्षा समिती बाट सहि अनूगमनको खाचो छ । सहि अनुगमन र मल्याडकन नभए शिक्षकको जाँगर मर्दछ । उनिहरु राजनितिक आड लिन बाध्य हुन्छन । राजनितिक आडले ठग्ने वानि परेका शिक्षक बलले पदोन्नति भइरहने र इमान्दार शिक्षक सधै तल्लो दर्जामा रहनन्छन । बाहानावाजि गरि ठग्ने प्रवृति बढि रहदा नितिको सहि कार्यान्ययन हुन नसकि शिक्षाको गुणस्तर खस्कदै गएको छ ।
                           समाधानको उपाय र अवसर 
 शिक्षक समाजमा गुरु नामले चिनिन्छन । गुरु समाजका पुज्यनिय हुन्छन । पुज्यनिय यसकारणले कि उनिहरु समाजका लागि मार्गदर्शक हुन । समाजलाइ कस्तो बनाउने ? कस्तो आकार बाट सजाउने भन्ने कुरा शिक्षक का हातमा छ । शिक्षक समाजका दक्ष इन्जिनियर हुन ।  जसले कस्तो जगबाट बनेको घर वा समाज कति बलियो हुन्छ ? कति  मसला राख्दा कति टीक्छ भन्ने समेत हिसाव किताब वैज्ञानिक रुपमा नै निकालेका हुन्छन । त्यसैले दिर्घकालिन सोच हुनु शिक्षकको अपरिहार्य गुण हो । यती भनिरहदा आफै जान्ने सवैसर्वा वन्ने भुल शिक्षकवाट हुनहुर्देन । अज्ञानता भित्रको ज्ञान खोज्न सक्नुपर्छ ।
शिक्षक समय अनुसार का प्रबिधि सँग परिचित हुनु पर्छ । समयको मनोबिज्ञान बुझेको  हुनपर्छ । समयको मनोविज्ञान भनेको परिवर्तन हो । जो निरन्तर जीज्ञासु हुन्छ । त्यसकारण शिक्षक अध्यानशिल नबने विद्यार्थिले समयको माग अनुसारको शिक्षा पाउदैनन । अर्कोतर्फ शिक्षण विधि समयलाइ नचिनेको भएमा  विद्यार्थी अल्मलिन्छन । पढने कुरा प्रति रुचि बढनुको सट्टा अरुचि बढछ ।  विद्यार्थिलाइ उनिहरुको मनोविज्ञान बुझेर कसरी सिक्न सक्छन भन्ने तिर ध्यान दिएर नयाँ नयाँ तरिका अपनाएर शिक्षण गरे मात्र समय अनुसारको शिक्षा दिन सकिन्छ । नयाँ तरिका अरुले प्रतिपादन गरेका सिदान्त मात्र होइनन । आफैले काम गर्दा आएका अनुभब बाट सिकेर आएको ज्ञान नै हो । 
आफैले भागेका अनुभवका आधारमा नयाँ पाठ सिकेर शिर्जनात्मक तरिका अपनाउन सबैभन्दा उतम उपाय हो । जुन देश काल परिस्थिति अनकुल हुन्छ ।  सरल ,सजिलै उपलव्ध हुने ,स्थानिय रुपमा परीचित ,स्थानिय भाषामा परिचित मितव्ययी पाठयसामाग्री को प्रयोग नैै उपयोगि साधन हुन । रचनात्मक स्थानिय पाठयसामाग्रीको प्रयोग बाट विद्यार्थिमा प्रयोगात्मक शैलिको बिकास भै जिज्ञासा बढछ । जिज्ञासा नै सिकाइको पहिलो खुडकिला हो । त्यसैले जिज्ञासा जगाउने खालका क्रीयाकलाप गराउदै सिकाउनु आजको युगको आवश्यकता हो । निश्चित रुपमा मानिसले आपmनो उध्येश्य प्रति निस्ठा भए उपलव्धि अवश्य हुन्छ । उध्येश्य नभुलेर गरेका काम मा सहजताको खोजि गर्दै जागरका साथ लागिन्छ । जागिरे मानिसिकता बाट अलिकति माथि उठेर सामाजिक भावनाका साथ आप्mनो जिम्बेवारी पुरा गरे पक्कै पनि शिक्षक समाजमा सम्मानका साथ रहन सक्छन ।
समयमै यसो नभए सामाजिक रुपमा लागिरहेको ठग र अशक्षम  को आरोपले हागाँ हाल्छ । आरोपले झाँगिएको रुखको छहारी मा बसेर निराशाको बादल हेरेर मनमनै आत्मा आलोचित बन्नु कति असहज होला कल्पना समेत गर्न सकिन्न । त्यसैले समयमै चाहे हामि केहि गर्न सक्छौ । जसले गर्दा हामिलाई समाजले सम्मान दिन्छ । हामि पनि समाजको चाहानाको सम्मान गरि आजै देखि आफले आफैलाइ रुपान्तरण गरि शिक्षामा सुधारको थालनि गरौ । बाचा गरौ । हामि सामाजिक भावले सेवामा लागौ । सफलता निश्चित छ । आाफैमा छ । त्यसलाइ चिनौ । शिर्जनशिलता बढाऔ ।  किन ढीला गर्ने ? आजै देखि थालौ ।  
                                                   अवको हाम्रो बाटो
म मानवशास्त्रको विर्धाथिको नाताले हरेक विकास मानविय विकासको केन्द्र नै हूनपर्छ भन्ने विचारसग नजिक रहन चाहान्छू ।  त्यसैले यो कार्यक्रम केवल इमरजेन्सिमा मात्र होइन, अभियान का रुपमा चलिरहनू आवश्यक छ । यो कार्यत्तमको मुल भाव मानव विकास भएकोले मानव विकासल ेबिकासकारुपमा निम्न चार खम्वालाइ आधार मान्दछ ।
 (क) विकासको सरोकारका रुपमा जनतालाइ केन्द्रमा राखिनु पर्छ । 
 (ख) विकासको उदेश्य केवल आम्दानिलाइ मात्र नभै सम्पर्ण मानविय छनौटलाइ विस्तार गरिनुपर्छ । 
 (ग) मानव विकासले मानविय क्षमता अभिवृदी र त्यसको पुर्ण उपयोग सग सरोकार राख्दछ ।
 (घ) मानव विकास समता ,दिगोपन ,उत्पादन र ससक्तिकरण लाइ मुलमन्त्र ठान्दछ । 
यसरी आधारभुत चारखम्वा बाट निर्मित मानव विकास का लागि गरियको प्रयासका लागि प्रतक्ष्य सम्पर्कमा रहने सामाजिक परिचालक प्रत्येक कायक्रममा वि व्यव स लाइ सहभागि वनाउदा परिवर्तनको अपनत्व समाजले लिन्छ भन्ने निष्कर्षमा छ ।  जसवाट क्षमता अभिवृदी हुनका साथै समतामुलक विकास ,दिगोपन ,र ससक्तिकरण मा सहयोग पूग्दछ । हामिहरुको कार्यत्रममा यो पाटो अलि कमि छ । काममा इमान्दारि भएपनि आपसि समन्वय को अभावले प्रतिफल देखिएको छैन । सख्यात्मक उपलव्धि पछि देखिने गूणत्मक उपलव्धि फितलो वन्न सक्ने चिन्ताले बेलावेलामा घोतल्छ । तर योजना निमार्ण र अनुभव को साटासाट ले पुर्ण मौका पाएको छैन । किनकि हाम्रो कार्यक्रमको ढाचा आए पनि कार्यान्वयनको योजना प्रभावकारी वनेको छैन । त्यसैले अव हामि  यसरि अगाडी बढनु पर्छ ।
(क) विधार्थी सिकाइ सहजकिरण निर्देशीका २०७७ अनुरुप कार्यान्वयन योजना ठोस रुपमा वनाउन सर्वपक्षीय छलफल बाट टोस कार्यमा लागौ । 
(ख) समन्वयात्मक कामको वाडपाड गरी काम प्रतिको उत्तरदाहित्व वहन गरी कामको अपनत्व लिने र गल्तिको महस्ुास गरी आफुले आफैलाइ सच्चाउने कोशिष गरौ ।
(ग) हतारमा काम सकाउने वाहानामा ठाडो आदेश हाृेइन रणनैतिक योजना वनाएर निरन्तर काममा लागौ ।
(घ) सहयात्रीका अनुभव र विचारलाइ समेटदै समान व्यभारबाट परिचालित होऔ ।
यि चार वटा मुख्य तत्वलाइ समेटेर अगाडी वढौ । समाज परिवर्तनको अभिभारा बोकेका हामि पहिले आफैलाइ वदलौ ।  विकशित  र सभ्य समाज निर्माण सम्भव छ । सफलता निश्चित छ ।