बाँकेमा ३५ वर्षिय महिला सहित कोरोना संक्रमणबाट मुत्य संख्या १६ पुग्यो

कुलेन्द्र बिक 
बाँके । बाँकेमा ३५ वर्षिय महिला सहित कोरोना संक्रमणबाट मुत्य संख्या १६ पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज वडा नं. १ धम्वोजी निवासी  की ३५ वर्षीया कोरोना संक्रमित महिलाको आज दिउँसो मृत्यु भएको  हो ।
 उनलाई स्वास्थ्यमा समस्या अएपछि  असोज २ गते भेरी अस्पताल नेपालगंजमा उपचार गरिएको र कोरोना संग मिल्दाजुल्दा लक्षण देखा परेकाले कोरोना आसंका लागि स्वाव परिक्षण गरिएको थियो । 
उक्त महिलालाई  असोज ३ गते कोरोनापुष्टि भएको बाँकेका कोरोन फोकल पसन नरेश श्रेष्ठ बताए ।  उनि लामो समयदेखी उच्च रक्तचाप मधुमेह जस्ता रोगवाट ग्रस्त रहेको पारिवारिक स्रोतले जनाएको छ । दुवै साईटको  फोक्सो  निमोनिया भई स्वस्थ्यमा सुधार नआएपछि उनको मुत्यु भएको   बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । 
योसँगै बाँकेमा कोरोनाबाट मर्नेको संख्या १६ पुगेको छ ।

अन्य समाचारहरु