दाङ– दाङ प्रहरीले छुट्टाछुट्टै दुई स्थानबाट १८ जनालाई जुवाको खालबाट पक्राउ गरेको छ। राप्ती गाउँपालिका वडा नं. ५ सिसहनिया बजारमा रहेको दर्शन खाजा घरबाट १० जना र बबई गाउँपालिका वडा नं. ३ धनुवासबाट ८ जना गरी १८ जना व्यक्तिलाई जुवाको खालबाट पक्राउ गरेको हो।
सिसहनियाबाट दुई लाख ६० हजार एक सय २५ रुपैयाँसहित १० जना र बबईबाट दुई लाख ६१ हजार ९ सय ९० रुपैयाँसहित ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मारेर जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।
राप्ती गाउँपालिका ७ बस्ने वर्ष ३७ का दिपेन्द्र बिक्रम शाह, वर्ष २९ का मोहन गाहा मगर, सुनिलस्मृति गा.पा.७ रोल्पा बस्ने वर्ष २८ का नारायण रोका मगर, राप्ती गाउँपालिका २ बस्ने वर्ष ३० का बिक्रम राना, वर्ष ३० का श्याम गुरूङ, वर्ष २८ का बसन्त बेल्वासे, वर्ष ३० का लक्ष्मण गिरी, वर्ष ३० का छोटेलाल चौधरी, वर्ष ४५ का बेल सिंह भैयामगर र वर्ष ३८ का युवराज बुढा रहेका छन्।
यस्तै गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरी टोलीले बबई ३ धनुवास बस्ने वर्ष ३७ को केशव भन्ने केश कुमार विक, वर्ष ४३ का लोक बहादुर खड्का, वर्ष ४९ का पर्साराम विक, वर्ष २४ का शेर बहादुर विक, वर्ष २४ को प्रेम पुन, वर्ष ३२ का विमल भन्ने बिन बहादुर घर्ती, वर्ष २९ का विक्की नेपाली, वर्ष २९ का भीम बहादुर भन्ने भाइलाल नेपाली रहेका छन्।
पक्राउ परेका व्यक्तिहरुलाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरेर कारबाही गरिने प्रहरीले जनाएको छ। देशसन्चारमा समाचार छ ।