प्रदेश ५ को राजधानी दाङमा सार्ने प्रस्ताव सोमबारसम्म पारित गर्ने तयारी, मुख्यमन्त्री प्रधानमन्त्रीलाई भेट्न काठमाडौँमा

 काठमाडौँ- प्रदेश ५ को राजधानी दाङमा सार्ने अन्तिम तयारीमा जुटेका मुख्यमन्त्री शंकर पोखरेल थप परामर्शका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शनिबार काठमाडौँ आएका छन्।
बुटवलमै राजधानी राख्नुपर्ने पक्षमा रहेका नेकपा महासचिव बिष्णु पौडेललाई अर्थमन्त्री दिएर थामथुम पार्ने पक्षमा रहेका प्रधानमन्त्री ओलीले यसबारे पनि मुख्यमन्त्री पोखरेलसँग छलफल गर्ने स्रोतको दाबी छ।
आइतबार प्रदेशसभामा प्रस्तुत हुने राजधानी सार्ने प्रस्ताव सोमबारसम्म पारित गर्ने र आन्दोलनलाई साम्य पार्न पौडेललगायतले पहल गर्ने तयारी भइरहेको बुझिएको छ।
अस्थायी राजधानी रहेको बुटवलमै प्रदेश राजधानी हुने अपेक्षा स्थानीय तथा त्यहाँका  नेताहरुले गरेको स्थितिमा दाङमा राजधानी लैजाने निर्णय आएको छ।
प्रधानमन्त्री ‌ओलीको मन्त्रणामा मुख्यमन्त्री पोखरेलले दाङमा राजधानी लैजाने अन्तिम तयारी गरेको खुल्न आएको छ।
यो सफलतासँगै आगामी महाधिवेशनमा पोखरेललाई महासचिवको सम्भावित दावेदारका रुपमा समेत हेरिएको छ। देशसन्चारमा समाचार छ । 

अन्य समाचारहरु