बुटवलमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि बुटवलमा ढुङ्गा प्रहार भएको छ।
आइतबार साँझ काठमाडौंबाट बुटवल आउँदै गरेका मुख्यमन्त्री पोखरेलको गाडीमाथि राजमार्ग चौराहमा ढुङ्गा प्रहार भएको हो।
 प्रहरीले ढुङ्गा प्रहारमा संलग्न भएको भन्दै केही व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले केही राउन्ड हवाई फायर समेत गरेको  स्थानीयले बताएका छन्। अहिले घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।
मुख्यमन्त्री शंकर पोखरेल चढेको र अगुवा तथा पछुवाको गाडिमा समेत क्षति भएको छ।
प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी प्रस्ताव गरे लगत्तै नेपाली कांग्रेस सहित यस क्षेत्रका संघसंस्था आन्दोलित छन्। सेतोपाटीमा समाचार छ । 

अन्य समाचारहरु