दाङको भालुवाङ स्थायी राजधानी भएको खुसीयालीमा दिपावली (फोटो फिचर)

ॠषि भुसाल 
भालुवाङ (अर्घाखाँचीडट्कम) । दाङको भालुवाङ स्थायी राजधानी भएको खुसीयालीमा मंगलबार बेलुका जिल्लाका विभिन्न स्थानमा दिपावली गरिएको छ।
जिल्लाका प्रमुख बजार भालुवाङ, लमही, घोराही, नारायणपुर, तुलसीपुर, हापुरे, अमेलिया लगायतमा बेलुका दिपावली गरिएको हो। 
मंगलबार प्रदेश सभामा भएको मत विभाजनमा दाङको पक्षमा ६९ र विपक्षमा १३ मत परेपछि दुई तिहाइ बहुमतका आधारमा दाङको देउखुरीलाई प्रदेश ५ को स्थायी राजधानी घोषणा गरिएको थियो। 
तुलसीपुरको बीपी चोकमा मंगलबार साँझ नेपाली कांग्रेस क्षेत्र नं. ३ ले दिपावली गरेको छ। 

अन्य समाचारहरु