बाँकेमा कोरोना संक्रमणबाट ३५ वर्षिय महिलाको मुत्यु

कुलेन्द्र विक 
बाँके ।  बाँके राजधानी बाहिर कोरोना संक्रमण्बाट मुत्यु हुनेमा पहिलो नम्वरमा पर्ने गर्दछ । पछिलो समयमा बाँकेमात्र नभई जिल्ला बाहिरबाट उपचारको लागि आउने मुत्युको संख्यामा वृद्धी हुदै गएको छ । आज नेपालगञ्जमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । 
नेपालगन्जको भेरी अस्पतालमा उपचारका क्रममा दाङको घोराही उपमहानगरपालिका—१५ की ३५ वर्षीया महिलाको आज दिउँसो ३ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । 
महिलाको दुबैतिरको फोक्सोमा कडा निमोनिया भएको थियो । असोज १८ गते नेपालगन्ज मेडिकल कलेजमा कोरोना पुष्टि भएपछि त्यसै दिन उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । यो संगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका १० जना कारोना संक्रमितको मृत्यु भएको छ ।

अन्य समाचारहरु