अनिल खत्री
गुल्मी । गुल्मीमा दुरीको हिसाबले अत्यन्तै टाढा पर्ने साविकको गाविस मध्ये एक अग्लुङ्ग पनि हो। विगत १० महिना देखि सोही ठाउँमा गाडी सञ्चालन तथा आवतजावत ठप्प भएको थियो। सोही साविकको गाविस अहिले मदाने गाउँपालिका १अग्लुङ्ग भनेर पनि चिन्न सकिन्छ।
जब वर्षा सुरु हुन्छ तब त्यहाँका जनताहरू सदरमुकाम तम्घास जान 3/4 घण्टा रातिको पैदल यात्रा गरि बल्ल गाडी सञ्चालन हुने स्थानमा आउने समस्याको अझै अन्त्य भएको छैन। स्थानीय तह बनेको पनि ३ बर्ष भन्दा बढि समय भइसकेको छ।
स्थानीय जनप्रतिनिधिहरु जनताका सेवक वा जनतालाई पिटि खेलाईरहेका हुन सोच्न पर्ने गम्भीर प्रश्न उठेको छ। मदाने गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्का भन्नु हुन्छ, वडा नम्बर १ अग्लुङ्ग प्युठान जिल्लाको गौमुखी गाउँपालिकाको सिमाना पर्ने भएको अथवा कोराना भाइरसको डर संगै बर्षाको सिजन भएकोले बाटोमा पनि समस्या देखिएको बताउनु भयो। यदि बाटो नै बिग्रिएको हो भने करिब १५ दिन अगाडी बाट नै अर्घाखाँचीको सन्धिखर्क बाट सञ्चालित जिप निरन्तर अग्लुङ्ग फेदी पुगिरहेको छ।
यसमा मुख्य समस्या भनेको स्थानीय तहको नै रहेको देखिन्छ। गुल्मीको मदाने गाउँपालिका ५ मलागिरी घर भै विगत केहि वर्ष अगाडि तम्घासको साहुटोलमा दिपक गेस्ट हाउस सोही नामक होटल सञ्चालन गर्दै आउनु भएका प्रेम खड्काको विशेष पहलमा आज देखि निरन्तर सञ्चालनमा आएका छन्। उहाँ एउटा होटल मालिक मात्र हो, कुनै जनप्रतिनिधि होईन तर जनताले दुःख पाउनु हुन्न भन्ने उहाँको मनसाय रहेको छ।
उहाँ भन्नुहुन्छ मेरो अग्लुङ्ग संग त्यस्तो कुनै नाता त छैन् र पनि आज देखि मेरै अनुरोध तथा विशेष पहलमा अग्लुङ्ग फेदी पुन गाडी पठाउन सकेकोमा खुसी ब्यक्त गर्नु भएको छ। गाडी नम्बर १८६९ र ६१०५ नम्बरका गाडी आलोपालो तरिकाले सञ्चालनमा आएका हुन्। खड्का भन्नु हुन्छ, गाउँपालिका र वडाहरुले किन जनताको समस्या बुझ्न चाहँदैनन्। यस प्रति चासो राख्न खड्काले दबाब समेत दिनुभएको छ।
यता आज मात्र अग्लुङ्ग फेदी पुग्नु भएका 1869 नम्बरका गाडी चालक डाल बहादुर कुँवर अग्लुङ्ग फेदी करिब १० महिनाको अन्तराल पछि आउन पाउँदा खुशी भएको बताए नत यातायात व्यवसाय समितिले जा भन्छ, नत स्थानीय तहले आ भन्छ त्यही पनि हामी दुई वटा गाडी मिलेर केहि व्यक्तिको पहलमा अग्लुङ्ग पुगेको बताए। कोरोना भाइरसको कारणले गाडी चालकहरूले पैसा उठाउन मौका छोपे पनि आफू पहिले जति भाडा थियो त्यसैमा ल्याउने लैजाने बताएका छन्। जनता आफै यति बेला पैसाको समस्यामा छन् हामी त्यसमा थप साथ दिन्छौ उनी बताउँछन्।