कुलेन्द्र विक
बाँके । बाँकेको कोहलपुर नगरपालिका र मातहतका १५ वडा कार्यालयहरु आगामी कात्तिक ६ गतेसम्मका लागि सिल गरेको छ ।
नगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको भन्दै नगरपालिकाको कार्यालय, १५ वटै वडा कार्यालय र विषयगत कार्यालयहरु सिल गरिएको नगरपालिकाले जनाएको छ ।
कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतको अध्यक्षतामा आज बसेको आकस्मिक बैठकले आजदेखी आगामी कात्तिक ६ गतेसम्मका लागि नगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
जारी सूचनामा अत्यावश्यक सेवा बाहेक विषयगत शाखा (उपशाखा र सम्पूर्ण वडा कार्यालयहरुबाट प्रवाह भईरहेका सेवाहरु कात्तिक ६ गते सम्मका लागि बन्द गरीएको उल्लेख गरीएको छ ।