अर्घाखाँचीडट्कम संवाददाता
भियाना । अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन बच्चाको हत्या गरेकी छन् ।
अष्ट्रियाको
क्रोने पत्रिकाका अनुसार ३१ वर्षिय बुटवल मणिग्राम घर भएकी
चन्द्रा भट्टराई अर्यालले आफ्नै अपार्टमेण्टमा ३ वटा बच्चाहरुको हत्या गरेकी हुन् । हत्या गरेर उनले पुलिसलाई मैले मेरा २ छोरी र १ छोरालाई मारे म आत्महत्या गर्छु भनेर फोन गरेकी थिईन् ।
उनिहरु बस्ने अपार्टमेण्ट ।
मृतक तीन बच्चा मध्ये ८ महिना, नौं र तीन वर्षका थिए । मृत्यकमा दुई बालिका र एक बालक रहेका छन् । हत्या पछि चन्द्राले आत्महत्याको प्रयास गरेकी थिइन् ।
चन्द्रा ले शनिवार बिहान ५ बजे र २० मिनेटमा पुलिसलाई आफैले खवर गरेको पत्रिकाले लेखेको छ । चन्द्राले आफैले ती बच्चाहरुका हत्या गरेर बिहान ५ बजे पछि प्रहरीलाई खबर गरेकी थिइन् ।
प्रहरी घटना स्थलमा पुग्दा ९ वर्षिय एक बालिका जिवित नै रहेको तर पछि अस्पतालमा लगे पछि निधन भएको बताएको छ ।
विगत एक वर्ष देखी भियानमा बस्दै आएकी ती महिना र उनको श्रीमानबीच विवाद भएपछि उनका श्रीमान परिवार छोडेर बाहिर बस्दै आएको पत्रिकाले उल्लेख गरेको छ ।
ती महिला र उनका श्रीमान केही वर्षदेखि त्यहाँ बस्दै आएको र उनीहरुबीच कलह एवम् झगडा पनि हुँदै आउने एक नेपालीले बताए । झगडा र विवादका कारण केहि समययता श्रीमान–श्रीमती छुट्टै बस्ने गेका थिए भने बालबालिकाहरु आमासँगै थिए । घटनाको विषयमा बिस्तृत अनुसन्धान भैरहेको र कारण अझै स्पष्ट नभएको भियना प्रहरीले जानकारी दिएको समाचारमा छ । सो घटनाप्रति भियतना स्थित नेपाली राजदूतावासले खेद प्रकट गरेको छ ।
उनीहरुको परिवार गुल्मीबाट वुटवल सरेको थियो।
घटनाको बारेमा बिस्तृत अनुसन्धान भैरहेको छ । हत्याको कारण अझै स्पष्ट नभएको भियना प्रहरीले बताए छ ।