बाँकेमा एकैदिन ७२ जनामा कोरोना संक्रमण पुष्टि

कुलेन्द्र विक 
बाँके । बाँकेमा चाडवाड नजिकिए संगै समुदायस्थरको कोरोना संक्रमण संख्यामा दिनप्रति दिन उकालो लाल्दै गएको छ । भेरी अस्पताल नेपालगन्जमा गरीएको परिक्षणमा आज ठुलो सँख्यामा संक्रमितहरु भेटिएका छन् । 
अस्पतालले आज साँझ जारी गरेको विवरण अनुसार एकैदिन ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
संक्रमितमध्ये सबै भन्दा धेरै बाँकेका रहेका छन । पछिल्लो २४ घण्टामा ३१७ जनाको स्वाव परिक्षण गर्दा बाँकेका ४८ र बिभिन्न जिल्लाका २४ जनामा संक्रमण देखिएको हो । भेरी अस्पतालमा हालसम्म ४५ हजार ४ सय १८ जनाको कोरोना परिक्षण गरिएकोमा आज ७२ जना थपिएसँगै ३ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको अस्पताल प्रशासनले जनाएको छ ।

अन्य समाचारहरु