ईश्वर बन्जाडे
दुबई । अर्घाखाँची सम्पर्क समिति दुबई क्षेत्रीय समितिले अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वार्ड नम्बर ७ भगवतीका पहिरो पीडितलाई आर्थिक सहयोग जारी राखेको छ ।
अर्घाखाँची सम्पर्क समिति दुबई क्षेत्रीय समितिले भगवतीका पहिरो जोखिमका कारण विस्तापित हुन पुगेका बलराम न्यौपानेको परिवारलाई ५२ हजार रुपैया आर्थिक सहयोग गरेको हो ।
अर्घाखाँची सम्पर्क समिति दुबई क्षेत्रीय समितिले पठाएको रकम समाजसेवी विष्णु माया रायमाझीले विस्तापित हुन पुगेका बलराम न्यौपानेको परिवारलाई हस्तन्तरण गर्नुभएको थियो ।
उक्त रकम अर्घाखाँची संपर्क समिती दुबई क्षेत्रका अध्यक्ष जीवन रायमाझी लगायत समितीका सबै सदस्यहरुको पहलमा उक्त रकम संकलल गरिएको थियो ।
उता अर्घाखाँची संपर्क समिती युएईले यसअघि शितगंगा -१२ का पहिरो पीडितलाई आर्थिक, राहत सहयोग गरेको थियो ।