दिपेन्द्र खत्री
धुर्कोट । सामुदायिक विकासकालागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं ३ हाडहाडे निन्नुखर्क महिला उद्यम समुहका २५ जना सदस्य मध्ये १६ जना सदस्यलाई एक एक वटाको दरले १६ वटा बिउ बाख्रा उपहार प्रदान एक कार्यक्रमको बिच सम्पन्न भयो।
भोकालाई एक छाक भोजन होईन जिउने जुक्ती सिकाउँ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोग सिर्जनशिल सामुदायिक बिकास केन्द्र गुल्मी द्वारा संचालित उक्त परियोजनाले समुहलाई निरन्तर बाख्रा उपहार कार्य गर्दै आएको छ। हरेक महिला दिदि बहिनिलाई समुहमा आबद्द गरी बाख्रा बिकास मार्फत आत्मनिर्भर गर्ने उदेश्यले यो कार्यक्रम समुदाय मार्फत लिएर आएको बाख्रा उपहार कार्यक्रमका प्रमुख अतिथि धुर्कोट गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष विष्णु श्रीसले जानकारी गराउनु भयो। उहाँ बाख्रा उपहार गर्नु मात्र ठुलो कुरा नरहेको उपहार प्त गरेको बाख्रालाई उचित आहारा र उपयुक्त घाँस लगाउन सके मात्र उत्पादन राम्रो गर्न सकिने कुरालाई जोड दिनु भयो। थप बोल्नुहुदै जुन समुहमा दिदि बहिनि हरू आबद्ध भएपछी तालिमको माध्यामले दिदि बहिनिहरूको जिबनस्थर मा परिवर्तन आएको समेत जानकारी दिनुभयो जसले गर्दा आफुहरूले लिएको कार्यक्रमले चाहेको लक्ष्य पुरा हुनेमा समेत खुशी व्याक्त गर्नु भयो।
बाख्रा उपहार लिदै माझथर महिला उद्यम समुहकी सदस्य रिमा नगरकोटीले आफ्नो घरमा २ वटा बाख्रा रहेको र परियोजना संग बाट २ वटा माग गरेको र बाँकी एक वटा बाख्रा थप गरी ५ वटा माउँ बाख्रा पुराएर पाल्ने बताउनु भयो। उहाँले यो कार्यक्रम हाम्रो गाउँघरमा आएपछी हरेक कुरामा परिवर्तन आएको हिजो सम्म हामीले बाख्रा पाल्ने मात्र गर्ने खरेका थियौ।उत्पादन र संरक्षण को बारेमा केहि थाहा थिएन जुन तालिम बाट बाख्राको स्याहार शुसार र उत्पादन बढाउने करामा फरक पर्दै गएको र आफु हरू निकै खुशी भएको जानकारी दिइन।
उक्त उपहार कार्यक्रम मा हाडहाडे सामुदायिक बाख्रा उद्यम उपभोक्ता समिति अध्यक्ष बिष्णु काउछा को अध्यक्षता वडा बिष्णु श्रीस को प्रमुख आतिथ्यता वडा सदस्य कासिराम पन्थि, समाजसेवि, शिक्षा पेर्मी तुल्सी काउछा परियोजना संयोजक शंकर नेपाली, प्राविधिक संयोजक नारायण जि सी को आतिथ्यता रहेको कार्यक्रमको संचालन सामुदायिक सहजकर्ता लक्ष्मण सुनारले संन्चालन गर्नु भएको थियो।
त्यस्तै चौतारा महिला उद्यम समुहका ७ जना दिदि वहिनिलाई वाग्लामा १४ वटा बाख्रा उपहार प्रदान भएको परिवर्तनशि महिला उद्यम समुहका पाँच जना सदस्यहरूलाई ५ वटा बाख्रा उपहार प्रदान भयो। धुर्कोट यो परियोजनामा यस वर्ष एक हजार भन्दा बढी बाख्रा उपहार गर्ने कार्यक्रम रहेकोमा अहिले सम्म तिन सय १८ वितरण भएको प्राविधिक संयोजक नारायण जि सीले जानकारी दिनुभयो।