बुटवलमा १ जना कोरोना भाइरस संक्रमितको मृत्यु

बुटवलमा १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। 
लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल उपमहानगर ८ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो। 
गत कार्तिक १ गते संक्रमण पुष्टि भएर कोरोना बिशेष अस्पताल भर्ना भएका पुरुषको शुक्रबार बिहान  मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर बिष्णु गौतमले बताए।
उनलाई कोरोना संक्रमण हुनु पहिले नै उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ।
ती पुरुषको मृत्यु भएसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ। सेतोपाटीबाट  

अन्य समाचारहरु