लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको टिप्परले ठक्कर दिदा एक बालकको मृत्यु

कमला घिमिरे
भैरहवा । लुम्बिनी सडकखण्ड अन्तर्गत मायादेवी गाउँपालिकाका टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ । 
लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु १ क ११७४ नम्बरको ट्रिपरले मायादेवी गाउँपालिका वडा नं. ८ काे विश्वकर्मा मन्दिर नजिकै पैदलयात्री ८ वर्षीय रघुबिर हरिजनलाइ ठक्कर दिँदा उनकाे घटनास्थलमै मृत्यु भएकाे हाे । 
उनी स्थानीय सुग्रिव हरिजनका छाेरा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

अन्य समाचारहरु