दिपेन्द्र खत्री
१८ कात्तिक। गुल्मी जिल्लाकाे रेसुङ्गा नगरपालिका वार्ड न.९ भली देखि तीन दिन सम्म बन्द हुने भएकाे छ।
रेसुङ्गा नगरपालिका वार्ड न.९ का १६ जनामा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे हुदा वडा क्षेत्र संक्रमण बाट अत्यन्तै जाेखिम भएकाले संक्रमण नियन्त्रणकाे लागि बडा समिति तथा सर्बदलिय बैठककाे निड्यअनुसार मिति २०७७/०७/१९ गते देखि २१ गते सम्म ३ दिनकाे लागि वडा कार्यलय बन्द गरिने भएकाे छ।
उक्त वडामा भली देखि सन्चालन हुने संघ सस्था व्यापार व्यबसाय बिधालय हरु पनी ३ दिनको लागि बन्द हुने भएका छन।