नेपाली उपभोक्ताको उपस्थिति नहुँदा भारतीय बजार रुपैडिहा सुनसान

कुलेन्द्र विक 
बाँके । कुनै बेला बाँके बर्दिया लगाएत क्षेत्रका उपभोक्ताहरु नुनदेखि सुनसंम्म लिन जाने थलो रुपैडिहा बजार बनेको थियो । 
तर बिगत ७ महिनादेखि कोरोनाको कहरले सिमा बन्द भएपछि आवत जावत र बजारसंगै उपभोक्ताको उपस्थिति नहुदा भारत बजार गर्न जानेको संख्या ठप्प भएको छ । जसको ठूलो प्रभाव भारतीय बजारलाई पर्न गएको हो । 
नेपाल—भारत सीमावर्ती रुपैडिहा बजार अहिले सुनसान छ । कोरोना भाइरस कोभिड—१९ महामाारीपछि नेपाली उपभोक्ताको उपस्थिति नहुँदा भारतीय बजार रुपैडिहा सुनसान बनेको हो ।  
रुपैडिहा बजारमा अहिले नेपालीहरुको प्रवेश शून्यप्रायः छ । आपतकालिन अवस्थाका बिरामीको ओखती खरीदका लागि मात्र नेपालीहरुलाई रुपैडिहा प्रवेशको अनुमति दिने गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताउनु भयो । 
नून, तेलसमेत किन्न भारतीय बजार जान लालायित हुने नेपाली उपभोक्तालाई कोरोना महामारीले स्वदेशी उत्पादनलाई माया गर्न पनि सिकाएको नेपालगन्जका व्यापारी देवीप्रसाद पौडेलको बुझाई छ ।

अन्य समाचारहरु