बुटवल बहुमुखी क्यापम्सका सह-प्रध्यापक पौडेलको स्कुटर सिक्ने क्रममा दुर्घटनामा परि निधन

स्कुटर सिक्ने क्रममा दुर्घटना हुँदा सह–प्राध्यापकको मृत्यु भएको छ ।
बुटवल,कार्तिक २३- बुटवल बहुमुखी क्यापम्सका सह-प्रध्यापक डा.शिव पौडेलको सवारी दुर्घटनामा परि निधन भएकाे छ ।
तिलोत्तमा नगरपालिका वडा नं १ (न्यु लाइट कलेज अगाडी) का स्थायी बासिन्दा पौडेल स्कुटर सिक्ने क्रममा आफ्नै घरको वालमा ठोक्किएर गम्भीर घाइते भएकाे परिवारजनले बताएका छन् ।
उनले भर्खरै (नयाँ स्कुटर लु ६६ प ) खरिद गरेर सिक्ने क्रममा थिए । घर अगाडीको सडकमा स्कुटर सिक्दै गर्दा घरकै पर्खालमा ठोक्किएपछि उनलाइ उपचारका लागि मणिग्राम स्थित क्रिमशन अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको परिवारका एक सदस्य हरि पाैडेलले नागरिक अनलाइनलाइ जानकारी दिए ।
असोज १ गतेबाट बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखको जिम्मेवारी पाएका पौडेल लामो समयदेखि बुटवल बहुमुखी क्याम्पसका अध्यापन गराउँदै आएका थिए ।
उनी काशी बिश्वबिद्यालय बनारसका नेपाली बिभागका प्रध्यापक समेत हुन् । स्व.पौडेल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) लुम्बिनी प्रदेश बिभाग सदस्य समेत हुन् । स्रोत: नागरिक अनलाइनबाट 

अन्य समाचारहरु