महिला पुरुषमा समानता सम्भब छ ?

सिता बोहोरा (एमए, एलएलबी)
एउटा ठूलो बहसको विषय र आज भोली सवैले सजिलो भाषामा भन्ने एउटै कुरो ”महिला पुरुष  बरावर” के साच्ची कै  महिला पुरुष बरावर हुन् त । रथका दुई पाग्रा भनेर जसरी हामीले सुन्दै आएका छौ । असली जिवनमा पनि रथका दुई पाग्रा हुन् त । जसरी रथका दुई पाग्रा रथमा अलग-अलग लगाईन्छ । भने त्यस्तै वास्तवीक रुपमा महिला  र  पुरुष पनि जैविक  संरचनाको आधारमा फरकफरक व्यक्तित्वको विकास भएको बुझिन्छ ।
आज हामी समाजमा समानताको कुरा त गछौ तर अझै पनि समानताको अर्थ बुझ्न नसकेको हो  कि । समानताको अर्थ हुन्छ । समान मौका,  समान इज्जत,  समान व्यवहार तर समान काम  हुँदैन । कामको आधारमा वरावर बाडफाड गर्ने हो भने सायद मलाई अलिक गारो हुने होला भन्ने कुरो निक्लीन सक्ला तर पुरुषको सन्दर्भमा पनि त्यति सजिलो नहुन सक्ला ।
कुनै काममा महिला  उत्कृष्ट  छन् भने कुनै काममा पुरुष त्यसको लागि प्राकृतिक योग्यता अपनाउन  उचित हुन्छ , जस्तो मलाई लाग्छ । 
अव सवाल उठछ कसले के  काम गर्ने भनेर पहिला यसको उत्तर दिन सजिलो  थियो मानिसहरु धेरै जसो  गाउँमा बसोवास गर्थें । खानका लागि जंगलमा निर्भर हुन प¥थ्यो ।भाला बल्छी लिएर पुरुष जंगल  जाने गर्दर्थे । जो महिलालाई सम्भब थिएन् । महिलाहरुले बच्चा जन्माउने स्याहार सुसार गर्ने खाना पकाउने  जस्ता कार्यहरुमा व्यस्थ हुन्थे । सो  को अर्थ प्राकृतिकले नै सजिलो ढंगले कामको विभाजन गरिएको थियो ।
पहिला अहिलेको जस्तो जिवन सजिलो थिएन् । अहिले जसले जे काम गर्दा  पनि फरक पर्दैन । अहिले सानो वच्चा  हेरचाह  गर्नको लगि व्यवस्थित तरिकाले बेवीसिटर राख्ने चलन छ । आज भोलि टेक्नोलोजीको जवानामा दुवैलाई वरावर  अवसर  प्राप्त छ । रोजी रोटी खानको लागी सुपर मार्केट उपलब्ध  छन् । कम्म्युटर टाईप गरि अफिसमा जागिरको सहज व्यवस्था छ । तर कुरो छ उही हो नि समानताको । समानताको लागी समानताको हट छोड्नु पर्छ । यो एउटा मुर्खतापूर्ण वातावरणको सृजना गर्नु मात्र हो । एउटा नारीलाइ पुरुषको वरावर र एउटा छोरीलाई छोरा सरह वनाउने कुनै आर्दशवादी कुरा होईन । बरु समाजको संरचना यस्तो हुनु पर्छ कि पुरुष र महिलाको वरावरको भूमिका होस् । पुरुष प्रदान समाज महिलाको हितमा होइन भने महिला प्रदान समाज पनि पुरुषको हितमा होइेन । ३३ प्रतिशत रिजरभेसनले महिलालाई कहिलै पनि समानता प्राप्त हुँदैन । के यातायातको दई सिटले महिलालाई समानताको अधिकार दिलाउछ त । 
हाम्रो समाजमा विचारको परिवर्तको आवश्यकता छ । दुवैको स्थान  आ–आफ्नो ठाउँमा महत्वपूर्ण यो सोचलाई वुझ्नु पर्दछ । छोरा र छोरी दवैको आ–आफ्नो  स्थान र महत्व छन् भन्ने कुरा हामीले भुल्नु हुदैन ।
जव जैविक सम्रचनाले महिला र पुरुषलाई  फरक फरक शाररिक ढाँचा दिएर यो संसारलाई अगाडी बढाउने जिम्मा प्रकृतिले दिएको छ भने हामीले कसरी सोच्न सक्छौ र दाज्न सक्छौ  कि महिला र पुरुषमा समानता छ भनेर ।