पोषण तथा स्वास्थ्य सामाग्री बितरण गर्दै रेसुङ्गा नगरपालिका

पुर्ण बिश्वकर्मा
 रेसुङ्गा, गुल्मी ।   गुल्मीको रेसुङ्गा नगरपालिकाले नगरभित्र रहेका गर्भवती तथा सुत्केरी महिलाहरुलाइ पोषण तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । 
पोषण तथा स्वास्थ्य सामाग्री बितरण गर्दै रेसुङ्गा नगरपालिका
नगरबासीका निम्ति बिबिध कार्यक्रम संचालन गर्दै आएको रेसुङ्गा नगरपालिकाले यस पटक भने सुत्केरी तथा गर्भवती महिलाहरुको स्वास्थ्यलाइ लक्षित गर्दै “स्वस्थ आमा- स्वस्थ शिशु” कार्यक्रम संचालनमा ल्याएको छ | गर्भवती महिलालाइ पोषण सामाग्री बितरण गर्दै नगर प्रमुख डिल्ली राज भुसालले उक्त कार्यक्रमको सुभारम्भ गर्नु भएको हो | साथै कार्यक्रमको सुभारम्भ गर्दै नगरप्रमुख भुसालले ” गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्यप्रती रेसुङ्गा नगरपालिका गम्भीर रहेको र थप कार्यक्रम गर्दै जाने बताउनु भयो । 
रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालित  “स्वस्थ आमा- स्वस्थ शिशु” कार्यक्रममा एउटा पोषण झोला रहेको छ | र उक्त  पोषण झोला भित्र सुत्केरी र गर्भवती महिलाको निम्ति आवस्यक पोषण(अण्डा, आयोडिन नुन, मसला, दाल ) तथा स्वास्थ्य सामाग्री (कोलगेट,ब्रुस,नुहाउने लुगाधुने साबुन,कागियो,मास्क,) लगायतका सामग्री राखिएको छ ! यसका साथै पोषण झोलामा गर्भवती तथा सुत्केरी महिलाका निम्ति  महत्वपूर्ण जानकारीहरु पनि लेखिएको छ । 
 “स्वस्थ आमा- स्वस्थ शिशु” कार्यक्रमको बारेमा रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख बोम अर्याल सङ्गको कुराकानी जस्ताको तस्तै ;
१) कार्यक्रमको खास उदेश्य के होला ?
= गर्भवती ,सुत्केरी महिला तथा बच्चाको स्वास्थ्यलाइ मध्य नजर गर्दै कुनै संक्रमण नहोस व पोषणको कमी नहोस ,आमा र बच्चा स्वस्थ रहुन भन्नू हो !! 
२) यो कार्यक्रम आर्थिक रुपले विपन्न गर्भवती तथा सुत्केरीको लागि मात्र हो कि रे.न.पा. भित्रका सम्पुर्ण महिलाको लागि हो ??
= यो कार्यक्रम नगर भित्रका सम्पुर्ण गर्भवती तथा सुत्केरी महिलाको लागि हो । 
३) यो कार्यक्रम निरन्तर रहन्छ वा क्षणिक समयको लागि होला ??
= यो कार्यक्रम निरन्तर रहन्छ !!
४) यसका अतिरिक्त अन्य कार्यक्रमहरु पनि छन र ?
= हामीले यस भन्दा पहिले बाट नै गर्भवती महिलाको निम्ति निशुल्क क्याल्सियम चक्की बितरण गर्दै आइरहेका छौं , त्यस बाहेक महिला सुत्केरी हुने बेलामा सुरक्षित स्थान वा अस्पताल सम्म ल्याउनको निम्ति एम्बुलेन्सको ब्यबस्था गर्दै आएका छौ ,, त्यस्तै  सुत्केरी पछि हुने ३ वटा जाचका निम्ति महिला आउन नसक्ने भएमा स्वास्थ्यकर्मीलाइ सम्बन्धित महिलाको घर सम्म पुग्ने ब्यबस्था मिलाएका छौ ।  
५) यो कार्यक्रम मार्फत महिलाहरुले कस्तो प्रतिक्रिया दिएका छ्न ?? 
= खुसी छन ,, यस्ता कार्यक्रमहरु थप भए झन राम्रो हुन्थ्यो भन्ने गर्दछन । 
रेसुङ्गा नगरपालिकाले सम्पुर्ण नगरबासीको समस्यालाइ मध्यनजर गर्दै बिबिध कार्यक्रमहरु गर्दै आएको छ र नगरबासी पनि नगरपालिकाबाट सम्पादन भएका कार्यहरु प्रती खुसी छन । 

पोषण तथा स्वास्थ्य सामाग्री बितरण गर्दै रेसुङ्गा नगरपालिका

अन्य समाचारहरु