माओवादी द्वन्दका बेला मारिएका अर्घाखाँचीका कांग्रेस नेता र इतिहासको समिक्षा

श्यामनाथ काश्यप

२०५२ साल पछि माओवादी शशस्त्र बिद्रोह शुरु भए यता द्वन्दकाल अवधी भरी राज्यले अपुरणिय क्षति ब्यहोर्नु पर्‍यो । माओवादी शशस्त्र बिद्रोह पक्ष र राज्यपक्ष बाट कांग्रेस नेता,कार्यकर्ता एवं आम जनमानसमा संत्रासको स्थिती पैदा भयो । फलस्वरुप जनधन क्षति त भयो भयो, देश बिकाशका कैयन पुर्वाधारहरु नष्ट भए ,गरिए ।मुलुक झनै पछाडी धकेलियो । द्वन्दको प्रभाव अर्घाखांची जिल्लामा पनि उत्कर्षमा देखियो र द्वन्दको अनेकन पिडाले जिल्ला आतंकग्रस्त बन्यो । संरचनाहरु ध्वस्त पारिए । बिकाश निर्माण ठप्प भयो । 
पुनर्निर्माण अहिले सम्म चलिराखेको छ ।अर्घाखांची जिल्ला २०४६ सालको जनआंदोलन पछी कांग्रेस गढको रुप मा स्थापित भयो । सुरुवातका राज्यका सबै खाले निर्वाचनमा कांग्रेस अग्रणी रहयो । नेता,कार्यकर्ताको अक्षुण एकता, सांगठनिक लगाब ,अनुशासन र नेता कार्यकर्तामा पार्टी द्वारा देखाइने गरेको मुल्यांकनका कारण पार्टीको साख उच्च रहेको कार्यकर्ता पङ्तीमा आभाश भएकै कारण कांग्रेस बलियो जनाधार भएको पार्टीको रुपमा जिल्लामा स्थापित भयो । 
माओवादी द्वन्दका बेला मारिएका अर्घाखाँचीका कांग्रेस नेता र इतिहासको  समिक्षा
माओवादी द्वन्द चरम उत्कर्षमा पुगेका बेला  कांग्रेस नेता राममणी ज्ञवालि, शिवलाल पोख्रेल्, हुमनाथ बन्जाडे पदम चन्द शोभाकर भुसाल जस्ता ब्यक्तीहरुले मृत्यु बरण गर्नु पर्‍यो । जिल्लाले आशा लाग्दा नेता गुमाउनु पर्‍यो । सिंगो जिल्ला शोकाकुल बन्यो । उहांहरु सदैव स्मरणिय रहिरहनु भएको छ । कालजयी हुनुहुन्छ । अर्का तर्फ२०४६साल को जनआन्दोलन को सुरु को दिन फागुन ०७ गते राज्यद्वारा पन्चायती सरकार ले पक्राउ गरि जेल जिवन ,नजर बन्द हुँदै २०४८  सालको संसदिय निर्वाचनमा  पार्टी प्रचार प्रसारको सिलसिलामा तत्कालिन एमालेका कार्यकर्ताको सांघातिक आक्रमण बाट मराणासन्न अवस्थाको स्थिती झेल्दै ,राजनितिक जिवनका धेरै आरोह अवरोह पार गर्दै आउनु भएका  कांग्रेस नेता पुर्व महासमिती सदस्य, पुर्व जिल्ला  उप सभापती श्यामनाथ कश्यप घिमिरे लाई पार्टीका स्थानिय अधिबेसन सम्पन्न गरी २०५७ कार्तिक २८ गते  बेलुका ७ .३० बजे घरमा बसिरहेका बेला  राजनितिक लक्ष प्राप्तीका उदेश्यले तत्कालिन सरकार द्वारा बन्दी बनाइएका माओवादी बिद्रोही नेता ठाकुर कुमार बि . क र सुमन घर्ती मगरको रिहाईको माग गर्दै छापामार शैलीमा अपहरण गरियो । 
अपहरण नितान्त कांग्रेस पार्टीको इमान्दार नेता भए वापत बन्दी साटासाट गर्ने राजनितिक आषयका साथ भएको बिभिन्न संचार माध्यम बाट जानकारी गराइएको थियो। ४४  दिनको कठोर राजनैतिक बन्दी जिवन ब्यतित गरी बिभिन्न मानब अधिकारवादी संस्था , राज्य र स्वयम  माओवादी बिद्रोहीहरुसंग संवाद गरी सरकार द्वारा बन्दी बनाइएका ठाकुर कुमार बि .क (हाल सन्धिखर्क नगरपालिका उप प्रमुख )लाई रिहा गरी पुष ९, २०५७ मा  अपहरण मुक्त हुनु भएका श्री कश्यप हाल सम्म पनि नेपाली कांग्रेस पाटीको राजनितीमा  अनवरत योगदान पुराइरहनु भएको नेता हुनुहुन्छ । बनारस बाट उच्च शिक्षा हासिल गर्ने क्रममा आफ्नो राजनैतिक यात्रा सुरु गर्नु भएका श्यामनाथ कश्यप घिमिरे नेपाल छात्र संघमा आबद्ध भइ बनारसमा स्व . महामानव बि .पि कोइराला, स्व. गणेशमान सिंह , स्व.कृष्ण प्रसाद भट्टराई, स्व. गिरिजा प्रसाद कोइराला स्व. शैलजा आचार्य ,स्व. सुशिल कोइराला ,रामचन्द्र पौडेल,ढुन्डिराज शास्त्री,प्रदीप गिरी डा बि बि गुरुङ जस्ता नेताहरुको सामिप्यमा रही काम गरी सक्नु भएका उहां हाल सम्म पनि पार्टीका लागी निरन्तर योगदान दिई रहनु भएका नेताको रुपमा परिचित हुनुहुन्छ ।  
२०४६ सालको जनआन्दोलन र माओवादी शशस्त्र बिद्रोह पछी पार्टीका लागी जिवन उत्सर्ग गर्नु हुने आदरणिय नेताहरु,तीनका परिवार र राजनैतिक बन्दीका रुप मा अपहरित भई ४४ दिन लामो बन्दी जिवन ब्यतित गरी मुक्त हुनु भएका जिउंदो सहिद श्यामनाथ कश्यप घिमिरे प्रती नेपाली कांग्रेस अर्घाखांचीले कस्तो मुल्यांकन गरेको छ ।आम कार्यकर्ताको चासोको बिषय हो । पार्टीका लागी जिवन दिने नेता कार्यकर्ताको योगदानको पार्टीले संमान, कदर गर्नु नै आउने पिढीका लागी प्रेरणा बन्न सक्छ । आउंदै गरेको पार्टीको केन्द्रिय महाधिबेसन अगावै जिल्ला  पार्टी नेतृत्वले इतिहासलाई स्मरण गर्दै ,समिक्षा गर्दै  उचित मुल्यांकन गर्न सके कांग्रेस पार्टीले अग्रगामी फड्को मार्न सक्ने निसंदेह छ ।
लेखक श्यामनाथ काश्यप वरिष्ठ नेता, नेपाली काङ्ग्रेस अर्घाखाँची तथा १४ औ माहाधिबेसनमा सभापति का प्रत्यासी दाबेदार हुन ।  

माओवादी द्वन्दका बेला मारिएका अर्घाखाँचीका कांग्रेस नेता र इतिहासको  समिक्षा